कान्जिरोवापोष्ट अनलाइन साउन १३ डोल्पा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेकेको त्यो क्षण अझै मेरो स्मृतिमा ताजै छ — तर त्यो खुसीको क्षण थिएन। वरिपरि हजारौँ नेपाली युवाहरू, जसलाई अभाव र बेरोजगारीले परदेशतिर धकेलिरहेको थियो। उनीहरूलाई बिदाइ गर्न आएकी आमाहरू, दिदीबहिनीहरूको रुँदै गरेको अनुहारले मेरो हृदय चिर्ने गरी चुकचुकायो। मेरा आँखा रसाए, मन भक्कानियो। आफैँलाई सम्झाएँ — “हो, यो यात्रा खुसीको होइन, बाध्यताको हो।”
भाइ रमेश र दिदी सुनिता मलाई विमानस्थलसम्म छोड्न आएका थिए। खादा र माल लगाइदिँदै, माया र आशिषसहित केही तस्बिर खिचेर मलाइ बिदाइ गरे। उनीहरूको माया र विश्वास मेरो बोझिलो मनलाई केही हल्का बनाउने कोसिसमा थियो। तर , जिम्मेवारी, र भविष्यप्रतिको अन्योलका अगाडि त्यो माया पनि कहिलेकाहीँ निश्चल लाग्दो रहेछ।
जीवनमै पहिलोपटक अन्तर्राष्ट्रिय विमान चढ्दै थिएँ। विशाल विमान देख्दा मन कौतुहलले भरियो। वरिपरि हेर्दै टोलाएँ। मुस्कानसहित स्वागत गर्ने एयर होस्टेसको अनुहारले केही राहत पनि दियो। म पनि मुस्कुराउँदै आफ्नो सिटमा बसेँ।
विमानले आकाश चुम्दा, तल काठमाडौं टाढिँदै गयो। मन भारी बन्यो, आँखा फेरि रसाउन थाल्यो। आफैँलाई सम्झाएँ — "All is well." तर शरीरले भने तेती साथ दिरहेको थियन
हिँड्नु एक दिन अघिमात्रै कोभिडको खोप लगाएको थिएँ। त्यसकै असर होला, ज्वरोले च्याप्यो। जहाजमा दिइएको खाना खानै मन लाको थियन । तर, स्टाफहरूले सम्मानसाथ दिएको देखेर अलिकति भयनि चाखेँ। ती ससाना व्यवहारहरूले मन छोए — तर ज्वरोको तापले ती मिठास ओइलाउँदै गयो।
कतारमा ट्रान्जिट थियो। दुई घण्टापछि फेरि अर्को जहाजमा साउदीको यात्रा सुरु भयो। छेउको सिटमा एक केन्याली युवती थिइन्। स्वास्थ्य अवस्था कमजोर भएकाले मैले झ्यालपट्टि बस्न आग्रह गरेँ, उनले मुस्कुराउँदै अनुमति दिइन्। हाम्रो स-साना कुराकानीले यात्रा अलि सजिलो बन्यो, र केहीबेर त म बिरामी भएको पनि बिर्सिएँ। उन्ले मलाइ त्यो यात्रामा निकै सहयोग गरिन तातो पानी मगाउने देखि खाना मा जोड दिने सम्म उन्को त्यो गुन ऐले सम्म भुल्न सकेको छैन।
यात्रा जति रमाइलो किन नहोस्, जब शरीर साथ दिँदैन, तब त्यो यात्रा फिका लाग्दो रहेछ ।
साउदीको विमानस्थलमा पुगेर हामी छुट्यौँ। उनले "Bye friend" भन्दै हात हल्लाइन् — त्यो छोटो भेट, तर मनभरि सम्झनाजस्तै बन्यो। कम्पनीका म्यानेजरले हामीलाई कोठामा पुर्याए, त्यो रात अलिअलि ज्वरोसँग लड्दै बितायौँ।
तर त्यसपछि ज्वरो झन् बढ्दै गयो — लगातार चार दिन १०४ डिग्रीभन्दा माथि ज्वोरो ले झन च्याप्यो। बाँचन सकिन्न कि भन्ने डरले मन छटपटी गर्न थाल्यो। साथीहरूले कम्पनीका बोसलाई खबर गरेर मलाई अस्पताल पुर्याए। अस्पतालको स्याहारले अन्ततः जीवन फर्कायो। पाँच–छ दिनसम्म पानीसमेत खान सकेको थिइनँ। आज सोच्दा लाग्छ — मृत्यु मलाई नजिकबाट हेरेर फर्किएको थियो। सायद भाग्य बलियो थियो र बाच्न सफल भय।
त्यसपछि दुई वर्षजति साउदीमै रहँदा त्यो घटना जहिले पनि मनमा गडिरह्यो। दिउँसो सुतिन्थ्यो राती काम हुन्थ्यो त्यो 2 बर्ष मा मैले मुस्किल ले 4/5 पटक सुर्यको दर्सन गर्न पाय हुला डिउटिको र रूम को AC ले खरो भयर कैले काहीँ टाउको असाद्द्यै भारी हुन्थ्यो नाक बाट ब्लड निस्कन्थ्यो कैले 16 घन्टा सम्म को निरन्तर कामले शरीर काम्ने भयर रुम पुगिन्थ्यो तेइमाथी कम्पनी साउ हरु र म्यानेजर हरुको प्रेसर त छदै थियो । आज सक्दीन जान्न भन्न त झनै नपाइने आफ्नो अबस्था जस्तोसुकै नाजुक होस काम मा जानै पर्थ्यो दया माया भन्ने थियन ।अनिन्द्रा डिप्रेसन यन्जाइटी जस्ता बिमार को सिकार भयर जब छुट्टिमा नेपाल आएँ, त्यो पीडाको यादले फेरि फर्कने आँट गर्न सकिनँ। र फेरि नजाने निर्नय गरे।
विदेश जान चाहने साथीहरूलाई मेरो अनुभव बाट केही सन्देशहरु:
म आशा गर्दछु — मेरो अनुभवले तपाईंलाई केही सोच्न, केही सिक्न र केही योजना बनाउन प्रेरित गर्नेछ।
फेरि भेटौँला।




