कान्जिरोवापोष्ट बुधबार माघ १४ डोल्पा ।
नेकपा एमाले डाेल्पाले पार्टी विपरीत गतिविधि गरेकाे भन्दै सचिवालय सदस्य देखि साधारण सदस्यलाई कारबाही गरेकाे छ । नेकपा एमाले डाेल्पाले पार्टी विरुद्धको कार्य गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरि कारबाही अभियान सुरु बुधबार गरि ७ जनालाई पार्टी बाट निष्कासन गरेको छ ।
नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिबेशनवाट संसोधन सहितको बिधानमा रहि नेकपा एमाले जिल्ला कमिटी डोल्पाको मिति २०८२ माघ ६ गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकको निर्णय बमोजिम कारवाही गरिएको छ ।
नेकपा (एमाले) डोल्पा जिल्ला कमिटीका सचिवालय सदस्य खिम बहादुर बुढा, जिल्ला कमिटी सदस्यहरु बिमाकर पहाडी, हिमराज पाहाडी, चन्द्रबिर बोहोरा, लाल बहादुर बुढा, त्रिपुरासुन्दरी नगरपालिका नगर कमिटी सचिव तुलराम केसी, नगरपालिका युवा सघ अध्यक्ष बिष्णु बाेहाेरालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाे नेकपा एमाले डाेल्पाका प्रचारप्रसार विभाग संयाेजक टेक बहादुर शाहीले जानकारी दिए । कारबाहीमा परेका उक्त व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टिका उम्मेदवार सङ्ग ब्यक्तिगत लेनदेनको हिसाब तिर्न नसक्दा पार्टी प्रबेश गरेको गोप्य श्रोतले जनाएको छ । उनिहरु मंगलबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरि सकेका छन ।




