कान्जिरोवापोष्ट अनलाइन
सरोज थापा मंसिर २१ डोल्पा ।
डोल्पाको सदरमुकाम दुनैमा एक जना कर्मचारीले झुन्डिएर आत्म गरेका छ्न । पोखरा घर भई शे फोक्सुन्डो गाउपालिका डोल्पामा कार्यलय सहयोगि रहेका अन्दाजी बर्ष ४७ वरिपरिका दुर्गा अधिकारी शनिबार राति आफु बस्ने डेराको बार्दलिमा घाटिमा खाताको पासो लगाई झुन्डिएर आत्महत्या गरेको अबस्थामा प्रहरीले भेटाएको छ ।
झुन्डिएर आत्म हत्या गरेका अधिकारी बिगत करिब ६/७ बर्ष आगाडि देखि शे फोक्सुन्डो गाउपालिका मा कार्यरत रहेको गाउपालिका अध्यक्ष धावा सम्ढुक गुरुङ्ग्ले बताउनु भयो । अध्यक्ष गुरुङ्ग्का अनुसार उनि लामो समय आगाडि देखि माधक पदार्थ सेवन गरिरहने र आफुले पटक पटक सम्जाउदै आएको समेत बताउनु भयो । जिल्ला प्रहरी कार्यलय डोल्पाले मृतक लास झुन्डिएको अवस्थाको सरजिमि मुचुल्का उठाई घर बाट निकालेर जिल्ला अष्पतालमा लगेर राखिएको छ । आफन्त लाई खबर गरि सकेको र आफन्त आए पछि मात्र मृतक लास आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यलय डोल्पाका सुचना अधिकारि टोपेन्द्र बुढा मगरले बताउनु भयो ।