कान्जिरोवा संबाददाता माघ १ डोल्पा ।
नेकपा एमाले डाेल्पाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लंक बहादुर राेकाया बलिया उम्मेदवारका रुपमा एमाले डोल्पा बाट सिफारिस भएका छन । नेकपा एमाले डाेल्पाका अध्यक्ष समेत रहेका राेकाया सहित ३ जनाकाे नाम सिफारिस गरिएको थियाे। प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुगेका तीन जनाबाट अध्यक्ष राेकायालाई फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारकाे रुपमा नेकपा एमाले केन्द्रीय कमिटीले सिफारिस गरेकाे हाे छ ।
प्रतिनिधि सभा सदस्य निर्बाचान २०८२ फागुन २१ गते हुन लागेको निर्वाचनमा एमाले काग्रेस र नेपालि कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा हुने भएको हो । नेकपा एमालेका लंक बहादुर रोकाया, नेपाली काग्रेस, कर्ण बुढा र नेपालि कम्युनिष्ट पार्टि, धन बहादुर बुढा सिफारिस भएका छन । कर्ण बुढा नेपाली काग्रेसका केन्द्रिय सदस्य हुन भने तत्काल भएको नेपाली काङ्ग्रेसको बिशेश महाधिबेशन बाट सहमहामन्त्री समेत भएका छन । धन बहादुर बुढा प्रतिनिधि सभाका लग्गि डोल्पा बाट तेर्सो पटक जितेका संसद समेत हुन । अहिले बुढा चौथो पटकको रुपमा उम्मेदवारको रुपमा नेपालि कम्युनिस्ट पार्टिका एकल सिफारिस भएक उम्मेदवार हुन । एमालेका रोकाया नेकपा एमाले डोल्पाका बर्तमान अध्यक्ष हुन । यसरि हेर्दा बलियो उम्मेदवारहरु माध्ये
जेन्जि जेनेरेशनको प्रतिनिधित्व हुने गरि उठेका रोकाया पछिलो समय डोल्पालि जनता र युवाहरु माझ लोक प्रिय बन्दै आएका छ्न । पछिल्लो समय रोकायालाई जनतहरुले ठुलो आशा बोकि यस्पालि जिताउनु पर्छ भन्दै सामाजिक संजालमा हो हल्ला गरेको पाईन्छ । यसरि हेर्दा राम्रो जनमत देखिन्छ । रोकाया टिकेट ल्याएर तत्काल डोल्पा आएर आफ्ना राजनैतिक गतिविधिम लागि पर्ने बताएका छन । एमाले नेत कार्यकर्ताहरु सबैलाई सैद्धान्तिक इमान्दारीता लाग्न समेत आग्रह गरेक छन ।




