सरोज थापा कान्जिरोवापोष्ट पौष २२ डोल्पा ।
ठुलिभेरि नगरपालिका वडा नम्बर ६ का स्थानीय युवा शुशिल बुढा आफु अन्याय परेको भन्दै सामाजिक संजालमा खरो आक्रोस पोख्दै आएका छ्न । उनका अनुसार संघीय पूर्वमन्त्री धनबहादुर बुढा र हाल कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढा सहित निर्माण व्यवसायी हिम बुढाको मौखिक आदेशमा ठुलिभेरि नगरपालिका जुफाल पारि डाडा लाग्ना देखि लाहारा, माझफाल, दुरगाउ हुदै तालि गाउ सम्मको काम गरिएको दाबी गर्दै आफुले काम सम्पन्न गरेको ३/ बर्ष बितिसक्दा पनि बजेट ब्यबस्थापन नगर्दा भनसुन गर्दा गर्दै काम गरे अनुसारको पैसा नपाउदा, काम गर भन्ने ब्यक्तिले बेवास्ता गर्दा गुहार माग्दै सामाजिक संजाल फेसबुकमा चर्को बिरोद्दमा उत्रिएका छन ।
२०७९ साल असोजमा जुफाल पारिको डाडा लाग्ना भन्ने ठाउ देखि लाहारा, माझफाल,रोलागार्ड , दुरगाउ , थरगाउ र कांडातालीसम्मको सडक मर्मत कार्य आफुले रिन सापट गरेरै काम गरेको बताए । उनले करिब ३० देखि ३५ लाख रुपैयाँ लागत र रिन भएकोले आफु अहिले न घर न घाट को अबस्थामा पुगेकोले बाटो बनाउदा लागेको रिन तिर्न नसक्दा जुन ब्यक्तिहरु सङ्ग बिस्वासका आधारमा मौखिक सम्जौता भएका ब्यक्तिहरुबाट बेवास्ता भए पछि मात्र आफुले अन्तिम बिकल्पको रुपमा समाजिक संजालमा आएको बताएका छन । उक्त काम तत्कालीन पूर्वाधार विकास कार्यालय डोल्पाका कार्यालय प्रमुख पदमराज देवकोटा सहितका प्राविधिकको रेखदेखमा काम सम्पन्न भएको शुसिल बुढाको भनाइ छ ।
सोदेका प्रश्नहरुमा उहाहरुले भन्नु भएको जस्ताको त्येस्तै :
पुर्न मन्त्री धन बहादुर बुढा : आफु सामाजिक संजालमा तेति सकृय नहुने, नचलाउने भएकोले समाजिक संजालमा आफ्नो नाम पनि आएकोमा दुख ब्यक्त गर्दै आफुले कुनै पनि जानकारी तथा निर्देश नगरेको जानकारी दिए । शुशिल बुढा आफ्नै घरको सदस्य जस्तै भएको र आफुले पनि तेतिकै माया गरेको समेत फोनको बार्तालाभमा बताउनु भयो । उहाका अनुसार जो आक्रोस सामाजिक संजाल, फेस बुकमा राखेको बारे आफुले शुसिल बुढालाई कुनै पनि लिखित मौखिक सम्जौता नभएको र सो बिषयमा आफुलाई कुनै पनि कुराको जानकारी नभएको हुदा ब्यक्तिगत चरीत्र हत्य नगर्न समेत आग्रह गरेका छन । आफुले एक्कासि सामजिक संजालमा आउदा आफु कुनै पनि कुरामा संलग्न नभएको समेत कान्जिरोवापोष्ट अनलाइन लाई जनाकारि गर्नु भयो ।
कर्णाली प्रदेश भौतिक मन्त्री शेर बहादुर बुढा : सामजिक संजालमा आफु प्रति लेखिएका नाम र शब्दहरुले आफुलाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन । ठुलिभेरिको लाग्ना माझफाल हुदै तालि सम्मको बाटो कहिले बनाको ? कस्ले बनाउन लगाको ? को सङ्ग सम्जौता भएको ? कस्ले निर्देश दिएको हो भन्ने बिषयमा उसैलाई भन्नु तर आफुलाई कुनै पनि कुराको जानकारि नभएको र कस्ले किन के कारण प्रतिशोध गरेको भन्ने थाहा नभएको डोल्पाको दुनैमा प्रत्येक्ष भेटघाटमा गरिएको प्रश्नमा उत्तर दिदै मन्त्री बुढाले आफु संग कुनै पनि सहमति छलफल लिखित तथा मौखिख सम्जौता नभएको बताएका छन । आफु बर्तमान मन्त्री हुदै गर्दा शुसिल बुढा मन्त्रालयमा आएर आफ्नो समस्या राखेको तर बिधि र निति भित्र नपर्ने र नमिल्ने भए पछि आफुले कुनै प्रकृति नगरेता पनि समस्या समाधन गर्नु पर्छ भन्ने मनमा भएको तर पछिल्लो समय मेरो चरित्र हत्या गरेकोमा दुख ब्यक्त गरे ।
निर्माण ब्यबसायी हिम बुढा : २०९७ सालमा ठुलिभेरिको लाग्ना हुदै माझफाक दुरगाउ तालिको मोटर बाटो अत्यधिक बर्षाले ठाउ ठाउ अबरुद्ध भएर आम नागरिकहरुलाइ दैनिक कष्ट भैरहेको देख्दा ब्याबहारिक हिसाबमा बाटो बनाउ भनि भनेको आफुले संघ र प्रदेश मन्त्रीहरु संग समन्वय गरेर कहि कतै भनसुन गरेर बजेट ब्यबस्थापन गरौला भन्ने मौखिक कुरामा काम गर जनतहरुको लागि सहज होला भन्ने उदेश्यले तत्कालीन पुर्बाधार बिकास कार्यलय डोल्पाका प्रमुख पदम देभकोटा र आफु बिच सहमति भएर काम गरिएको हो । तर कार्यलय प्रमुको सरुवा काम गरे मान्छेको उतिबेला चासो नहुनु लगाएत बिभिन्न कारणले बजेट व्यबस्था हुन नसक्दा समस्या उत्पन्न भएको ब्यबशायी बुढाले फोनमा जानकारी दिए ।
उहाका अनुसरण सामजिक संजाल फेसबुकमा लगएको आरोपमा पुर्ब मन्त्री धन बहादुर बुढा र प्रदेश मन्त्री भतिज शेर बहादुरलाई कुनै जानकारी नभएको भन्दै फोनमा कान्जिरोवापोष्ट अनलाइन सङ्ग कुरा गर्नु भयो । शुशिल बुढाले आफ्नो समस्या समाधान तिर नगएर सामाजिक संजालमा जानु भनेको सहयोग गर्ने मानिसलाई नगर्ने अबस्थामा ल्याएको भन्दै दुख ब्यक्त गर्नु भयो । आफु समाजिक संजाल प्रयोग नगर्ने र थाहा नभएको अरुलेनै भनेको आधारमा थाहा पाएको बताउनु भयो । खबर थाहा पाए पछि आफुले फोन गरि सरसल्लाह र समाधान तिर जाउला भन्ने सोच हुदा हुदै पनि आफ्नो फोन नउठाएको भन्नु भयो । अब यसरि समाजिक संजालम भन्दा समस्याको समाधान तिर लाग्न समेत सुझाब दिन दिए ।
शुशिल बुढा : आफु अहिले घर न घाटको आबस्थामा भएको आफु हस्पिटल तिर आफ्नो परिवारको उपचारत रहेको जानकारी दिए ! पछिल्लो समय आफुले बाटो बनाउदा बिभिन्न ब्यक्ति गाउ ठाउ र पसल बाट रिस सापट गरि बाटो निर्माण गरेको तर अहिले आफु चौतर्फी घेराबन्दीमा परेर घर , गाउ छोडेर बाहिर बाहिर भाग्नु परेको र आफ्नो अवस्था मर्नु र बाच्नु को अवस्थामा रहेकोले आफ्नो दिमाग पनि सहि तरिकाले नचलेको बताए । यदि आफ्नो समस्या समाधान नभएको खण्डमा आफु डिप्रेशनको सिकार भएर मर्नु भन्दा बहुलाउन बाध्य भएक्को समेत बताए ।
समस्य समस्या मात्र है समाधान पनि बोकेको हुन्छ । पछिल्लो समया समाजिक संजाल फेस बुकमा समस्या , आक्रोश ,रिस प्रकट भन्दा समस्यको समाधानका लागि सोच्नु र लाग्नु बुद्धिमानि हुन्छ ! समस्या को समाधान आबश्यक छ ।




