कान्जिरोवापोष्ट माघ १२ डोल्पा ।
नेकपा एमाले डाेल्पाले पार्टीको गतिविधि विरुद्ध कार्य गर्ने ९ जनालाई पार्टी बाट निष्काशन गरेकाे छ । नेकपा एमाले को १० औं राष्ट्रिय महाधिबेशनवाट संसोधन सहितको बिधानमा रहि नेकपा (एमाले) डोल्पाको मिति २०८२ माघ ६ गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकको निर्णय बमोजिम लिखित तथा माैखिक स्पष्टीकरण साेधी कारवाही गरिएको हो ।
नेकपा एमाले डोल्पा जिल्ला कमिटीका उप–सचिव लोकेन्द्र राना, जिल्ला कमिटी सदस्य महिन बहादुर ठकुल्ला, शान्ति राना, काइके गाउँ कमिटीका अध्यक्ष राजु रोकाय र सचिव सूर्यकुमार बुढालाई साधारण सदस्यता समेत नरहने गरि पार्टि बाट निष्काशन गरिएको एमाले डोल्पाले जनाएको छ ।
यस्तै ठुलीभेरि नगरपालिकाका पूर्व नगर कमिटी अध्यक्ष मानव बोहोरा, ओमबहादुर रोकाय, रमेश कार्की, अभिषेक शाही, मायादेवी शाही, जीतबहादुर शाहीलाई पनि नेकपा एमाले डोल्पामा एमालेकाे पार्टी साधारण सदस्य समेत नरहने गरि कारबाही गरि निष्कासन गरिएको नेकपा एमाले डाेल्पाका प्रचारप्रसार विभाग संयाेजक टेक बहादुर शाहीले जानकारी दिए ।




