कान्जिरोवापोष्ट असार २ गते सोमबार २०८२ साल ।
लेखक- सन्दीप खड्का।
ऐतिहासिक पृष्ठभूमि र विश्वव्यापी अवस्था:-
"कम्युनिस्ट" शब्दको उत्पत्ति कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा
१८४८ मा प्रकाशित "कम्युनिस्ट घोषणापत्र" (Communist Manifesto) बाट भएको हो। कम्युनिष्ट दृष्टिकोण पुँजिवाद बिरुद्धको बिकसित सैद्धान्तिक मान्यता हो। मुख्यतः कम्युनिष्ट बिचारको बिकास पुँजिवादले निर्माण गरेको बर्गिय खाडल र धार्मिकताले थोपरेको अन्धबिश्वस बाट मानव समाजलाई मुक्ति दिन माक्र्सले बिकाश गर्नु भएको द्वन्द्वात्मक भौतिकबादी साथै वैज्ञानिक सैद्धान्त हो। जहाँ समुन्नत र उत्कृष्ट सामाजिक ब्यवस्थाको वैज्ञानिक चित्रण गरिको छ। जस्तैः राज्या बिहिन बर्ग बिहिन स्वतन्त्र र स्वर्गीय समाजको परिकल्पना गरिएको छ। यहीँ आदर्श र मान्यता आधारित रहेर बिश्वभर ठुल ठूला प्रगतिशील क्रान्तिका लहरहरु चलेका थिए ।
त्यसको सुरुवात पेरिस कम्यून
(१८७१)
- विश्वमा पहिलो सर्वहारा शासनको प्रयास। मार्च १८,
१८७१ मा फ्रान्सेली मजदूरहरूले सत्ता कब्जा गरे र ७२ दिनसम्म शासन चलाए।
- यसले "मजदूरहरूको राज्य" को अवधारणा स्थापित गर्यो
तर ७२ दिनमै फ्रान्सेली सेनाले २०,००० भन्दा बढी क्रान्तिकारीहरूको हत्या गरि छोटो अबधिमै सत्ता ढल्यो। त्यस पछि सभियत सङ्घमा बोल्शेविक पार्टीले अक्टुबर क्रान्ति सफल गर्यो, जसमा भ्लादिमिर लेनिन र लेओन ट्रोट्स्की प्रमुख थिए। क्रान्तिको औपचारिक सुरुवात ७ नोभेम्बर,
1917(पुरानो जुलियन पात्रोअनुसार २५ अक्टोबर) मा भएको थियो । र यो ३० डिसेम्बर
१९२२ भयो सफल पनि भयो
भ्लादिमिर लेनिन कम्युनिस्ट सरकारी प्रथम प्रमुख भए तर यो सत्ता पनि लामो टिक्न सकेन सोभियत कम्युनिस्ट सत्ताको अन्त्या सन् :२६ डिसेम्बर
१९९१भयो अन्तिम सरकार प्रमुख (इभान सिलायेभ) भए । तर यो कम्युनिस्ट क्रान्तिको लहर 19औं सताब्दिको अन्त्य अन्त्य सम्म विश्वभरि तिब्र रुपमा चल्यो लगभग बिश्बको एक तिहाइ भु-भागमा कम्युनिस्ट बिद्रोह चल्यो केहि देशहरु फ्रान्स, सभोयत सङ्घमा क्रान्ति सफल भए पनि लामो समय टिक्न सकेन। कम्युनिस्ट क्रान्ति सम्पन्न भएर केही नितिगत सुधार गर्ने बाध्या भए पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता संचालन भइरहेका देशहरु:- चिन , क्युवा , लाओस, भेतनाम, उत्तर कोरिया सहित ५ देशहरुमा अहिले पनि कम्युनिस्ट पार्टीको एकल शासन छ। तर उत्तर कोरिया मा भने अलि फरक( जुचे) बिचारधार मा संचालित छ। अन्या धेरै देशहरुमा क्रान्ति असफल भएका पनि छन् जस्तै :- इन्डोनेसिया , फिलिपिन, मलेसिया , ग्रिस ,बोलिभिया, चिल्लि निकारागुआ आदि।
नेपालको संदर्भ :=
माथि प्रस्तु बिषय शिर्षकलाई न्याय पुगोस् भन्ने उदेश्यले सामान्य तथ्य तथ्याङ्क र हालको कम्युनिष्ट क्रन्तिको अबस्था बारे सारंश राखेको हुँ। दस बर्षे जनयुद्ध पनि संसदबादी दलहरु संगको सम्झौता मार्फत समाप्त पारे सँगै नेपालमा पनि कम्युनिष्ट क्रान्ति असफल भएको देशको रुपमा दर्ज भएको छ।
२००६ सालमा स्थापना भयो को कम्युनिस्ट पार्टीहरु एक दर्जन भन्दा बढि टुक्राटुक्रामा बिभाजित छन् यसको सुरुवात
२०१९ सालबाट भएको हो। आफुले लिएको बाटो मात्रै सबै हिसाबले सहि देख्ने र एक अर्का लाई गलत साबित गर्न कमर कसेर लागेको देखिन्छ। बास्तबमा यो गतिविधिले दलाल पुँजिबादि र प्रतिगमनकारीलाई फाईदा पुगेको छ। तर निषपक्ष रुपमा माक्र्सवादको कसि लगाऊने हो भने। नेपालका कम्युनिस्ट भनिएका पार्टीहरुमा माक्र्सवादी मुल्य मान्यताको रंङ सम्म पनि पाईन्दैन। कम्युनिस्टको मुल सार तत्व भनेको बर्ग संघर्ष र पुँजिबादि सत्ताको नीति बिरुद्धको संघर्ष हो। तर नेपालका कम्युनिस्ट पार्टीहरु अलि अलि लड्ने जस्तो गर्ने र नेताको position बने पछि जस्को बिरुद्ध जनतालाई लडायो त्यसै सँग मिलेर उल्टै देश र जनतालाई लुटन थाल्ने प्रवृत्ति देखिन्छ। यो नेतृत्वले पुँजिबाद सँग गरेको आत्मासमर्पण र जनता माथिको धोका बाहेक केही पनि होइन । यसरिनै हालका कम्युनिस्ट पार्टी हरुले कार्यनीति र गतिविधि मार्फत आम श्रमजिबि जनतालाई कसरी झुक्याई रहेकाछन् तिनिहरुको नीति र गतिविधि बारे चर्चा गरौ।
सबै भन्दा बढि जन-आधार र संगठन भएको एमाले कम्यूनिष्ट हतियार प्रयोग गरेर गतिविधि चाँहि अहिले पुँजिबादि बिचारधाराका पार्टीहरु भन्दा बढि दलाल पुँजिवादको प्रमुख संरक्षकको रुपमा देखा परेको छ। श्रमजिबि जनता र देशका लागि यो भन्दा ठुलो धोका के हुन सक्छ । बिचारको रुपमा (जबज) अनि बर्ग संघर्षको ठाउँमा बर्ग समन्वयन एमालेको पदपर्दशक सिद्धान्त हो। जुनकुरा माक्र्सले गर्नु बर्ग विश्लेषण सँग आकाश जमिनको फरक छ। । जस्को दुई दशक भन्दा बढिको प्रयोगले पुष्टि भइसकेको छ। कि बिपिको प्रजातान्त्रिक समाजबाद भन्दा घटिया छ। दोस्रो ठूलो कम्यनिष्ट जनमत भएको कम्युनिस्ट पार्टी (मा.के) बुटवल महाधिवेशनमा आएर एकाईऔं शताब्दिको जनबादको लाइन तय गरे सँगै उसको भुमिका पुँजिवादि संसदीय ब्याबस्थामा लिप्त भएको छ। माक्र्सवाद बर्ग संघर्ष र सर्वहारा वर्गको मुक्तिको बिषयमा निति कार्यक्रम गतिविधि कतै पनि छुन सकेको छैन त्यसैले हिजोका सहिद बेपत्ता घाईते साथै जनयुद्धमा रगत पसिना भगाएकाहरु अबस्था दहेनिया छ। यस्तो पार्टी बाट क्रान्ति गर्ला भन्ने सोच्नु आत्मारति मात्रै हुनेछ । बरु यो त जनयुद्ध समाप्ति सँगै दलाल पुँजिबाद सँगको आत्मासमर्पण बाहे अरु केही होइन । अन्या स-साना पार्टीहरुमा पनि प्रष्ट बर्ग संघर्षको कार्यनीति र कार्यक्रम देखिन दैन । तर कुनै समय क्रान्तिका लागि जनताले धेरै बिश्व गरेको जनयुद्धको एउटा बिद्रोही धारा जसको नेतृत्व क. बिप्लबले गरेका छन्। एकीकृत जनक्रान्ति यूग अनुसार बिकास गरिएको कार्यदिशा हो जसमा दुर्गम गाउँ देखि शहर सम्मलाई जोडने क्रान्तिमा सहभागी गराऊने मोडल छ। त्यस क्रान्तिकारी कार्यनीति भित्र कम्युनिष्ट पार्टीका तिनै जादुकरि हतियार जनताका सेना सत्ता र बर्ग संघर्ष गर्न सक्ने संगठन हुने छन्। जनताले सशस्त्र बिद्रोह र प्रजातान्त्रिक पद्धति भित्र रहेर गरिने बिरोध पनि एकै पार्टीको नेतृत्वमा गर्न सक्ने क्रान्तिको मोडल एकीकृत जनक्रान्ति हो । भन्ने सार पार्टी बिभाजन पछिका सम्पूर्ण डकुमेन्ट र क.बिप्लबको पहिलाका अभिब्यक्तहरुले पुष्टि गर्छ तर दुई बर्षे प्रतिबन्ध र तीन बुदे:- सम्झौता पछि भने माथि उल्लेखित कुनै पनि कार्यनीति र गतिविधि हरु पार्टीमा जिबित छैन! बरु पार्टी नयाँ दिशा तिर लम्कन कोसिस गरि रहेको देखिन्छ। त्यो भनेको दलाल संसदीय ब्याबस्थाको औपोचारिक स्विकाउयुक्ति संसदीय ढाँचामा दल दर्ताको तयारी र अर्को दलाल सत्ता कै नीति र परिधिभित्र उत्पादन र ब्यापार पहिलो प्रथामिकतामा पर्दा पार्टी कुनै श्रमजिबि सर्बाहाराको बर्ग संघर्ष गर्ने पार्टी नभाई एक करपुरेड हाउस जस्तो बन्न पगेको छ । यी दुबै पक्षाको सैद्धान्तिक र ब्याबाहिक पक्षमा कम्यनिष्ट दृष्टिकोण बाट हेरौ।
चुनाब उपयोग सम्बन्धि दृष्टिकोण :-
कम्युनिष्ट बिचार पुँजिबाद बिरुद्ध बिकाश भएको सैद्धान्तिक र वैज्ञानिक दृष्टिकोण हो। "संसदीय चुनाब पुँजिबादको आत्मा हो जुन क्रियासिल नभए पुँजीवाद मर्छ। र बास्तबिक कम्यूनिष्ट त्यो हो जस्ले पुँजिबाद मार्न चाँहान्छ "। संसदीय चुनाबमा कम्युनिस्टहरु सामेल हुनु भनेको पुँजिबादलाई मजबुत बनाउनु हो। त्यसकारण सच्चा कम्युनिस्ट संसदीय चुनाबमा सहभागिता हुदैनन् र हुनुहुँदैन । तर बिश्वमा यति प्रष्ट माक्र्सवादी दृष्टिकोणका बाबजुद पनि जनतामा बिचार संप्रेसण गर्ने बहानामा वा राज्याको दमनको नितिलाई कमजोर बनाउनका लागि भने र भए पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले कुनै मोर्चा वा स्वातन्त्र रुपमा चुनाबलाई उपयोग गरेको पाइन्छ। तर चुनाबि अभ्यास बाट क्रान्ति र जनताको पक्षमा अपेक्षित सफलता हात लागेको छैन जस्तैः रुसमा लेनिन बोल्शेविक पार्टी लाई सन्
१९१७ संविधान सभा चुनावमा सहभागी गराए तर सशस्त्र क्रान्तिले मात्रै सत्ता कब्जा गर्न सफल भए। यस्ता धेरै उदाहरण पेस गर्न सकिन्छ तर एउटा सानो लेखको परिधिभित्र सबै कुरा अटाउन संभव हुदैन ।
क्रान्तिकारीहरु जति सफल भएका छन बिद्रोह र बर्ग संघर्ष बाट मात्रै सत्ता पल्टाएको इतिहास हाम्रो सामु छ। नेपाली क्रान्तिको निम्ति चुनाबी उपयोग यति घातक साबित भएको छ। चुनाबी एजेन्डाकै कारण कम्युनिष्टहरु दर्जनौं पटक फुटेका छन् यो नेपाली क्रान्तिका निम्ति गलत सिद्ध भइसकेको छ। क्रान्तिकारी पार्टी संसदीय चुनाबमा जानू भनेको पुँजिबाद सँगको आत्मा समर्पण नै हो।
श्रम,उत्पादन र नजकम्युन :-
सबै जिबित प्राणीहरुले श्रम गरेर मात्रै आफुलाई जिबित राख्न सक्छन् यो प्रकृति नियामको सिद्धान्त हो । मानिस बाहेका सबै प्राणिहरुले प्रकृति आहारा ,सुरक्षित बास्थाको खोजि र आत्मा रक्षाको लागि मात्रै श्रम गर्छ। अथात (आफ्नो शाररिक सक्तिको खर्च गर्छन्) तर मानिस सर्वश्रेष्ट प्राणी भएकाले ब्यबस्थित श्रम मार्फत उत्पादन गर्छ र आफ्नो आवाश्यकता पूरा गर्छ। त्यसैले श्रम र उत्पादन अन्तसम्बन्धित छन्। उत्पादन प्रकृति श्रोत साधन र मानबिय श्रम बाट उत्पादन हुन्छ मानबिय आबश्यकताहरु पुर्तिहुन्छन्। मानव इतिहासलाई हेर्ने हो भने विभिन्न निति नियाम र बल प्रयोग मार्फत मानिसले मानिस कै श्रम शोषण गरेको पाईन्छ यसको सुरुवात दास यूग बाटै सुरु भएको मानिन्छ । यो क्रम दास यूग, सामन्तवादी युग ,हुदै भुमण्डिकृत पुँजीवाद सम्म आई पुग्दा झनै डर लाग्दो ढंगले श्रमिकहरु माथी श्रम शोषण भइरहेको छ। थुप्रै दर्शनिक अर्थबिद् समाजशास्त्री हरुले ब्याख्या अध्यान र अनुसन्धान गरेको पाईन्छ । तर श्रम शोषण सचित्र वर्ण र यसको समधान बारेको वैज्ञानिक दृष्टिकोण भने माक्र्सले लेखपनु भएको पुस्तक( पुँजी) मा प्रष्ट पाईन्छ । राजनैतिक अर्थशाश्त्रबिना सामाजिक मुक्ति संभव छैन । याहि बिचार लाई टेकेर कम्युनिष्टको उदय भयो उत्पादन र बितरण सम्बन्धि समानता समतामूलक र शोषण रहित समान स्वामित्वको अवधारण बन्यो । आज पनि वास्तविक कम्युनिस्टहरुले नेतृत्व गरेको समाज संगठन वा राज्यामा बिकेन्द्रिकृत र समान बितरण प्रणाली रहेको अर्थप्रणाली लागु गरेको हुन्छ। तर यो नियमको अभ्यास गर्नको लागि पुँजिबादी अर्थप्रणालीको नियन्त्रण र नियम भित्र बसेर संभव छैन कसैले संभव छ। भन्छ भने त्यो भ्रम बाहेक केही पनि होइन। नेपालको सन्दर्भमा पनि सुरुवात भएको पाईन्छ जुन अहिले बिप्लब नेतृत्वको नेकपाले गरिरहेको छ। किन कि कम्युनिस्ट पार्टी भित्र सबै खाले कम्युनिस्ट अभ्यास हुन्छ र हुन जरुरि छ त्यो भनेको कम्युनिस्ट मुल्य मान्यतामा आधारित जनताको सत्ता त्यस भित्र समान स्वामित्वको बिकेन्द्रकृत अर्थब्याबस्था र सामुदायिक उत्पादन बर्ग संघर्ष आदि हुन आवश्यक छ। तर उत्पादन चाहि कम्युनिस्ट पार्टीले गर्ने निति नियम उपभोग साथै बितरण प्रणालि चाहिँ पुँजिबादको अर्थ बजारिकरण मा निर्भर रहने। उद्योग दर्ता देखि नितिगत काम चाहि सम्पुर्ण रुपमा पुँजिबादि सत्ताको मन्ने हो भने त्यो जन कम्युन रहयो त? समान बितरण र सामुदायिक स्वामित्व कसरी हुन्छ? उत्पादन चाहि एक निजि कम्पनी लाई बेच्ने सम्झौता गरे पछि निजि स्वामित्वको अन्त्या कसरी हुन्छ? बरु यो त पुँजिबाद संगको आत्मासमर्पण हुन्छ। यदि कृषि क्रान्तिनै गरेको हो । भने पनि पुँजिवादि राज्याको नीति उत्पादन सम्बन्ध बजारिकरण बिकल्पमा समाजवादि कम्युनिस्ट नितिहरु मार्फ हस्तक्षेप गरेर नयाँ अभ्यास गरेर जान सकिन्थ्यो याँहा जनता राज्याको परनिर्भरको नीति भित्र आत्मानिर्भरको अभ्यास गरिरहेका छन्। जनता यो तोड्न चाहान्छन् । तर यो राज्यको नीति तोड्नु को सट्टा यहि नीति भित्रै एउटा क्रान्तिकारी पार्टी फम उद्योग दर्ता गर्दै छ। त्यसै कृषि क्रान्तिको भ्रमको जालो उदाङ्गो भएको छ। र पुँजीवादको नीतिमा गोडा टेकेको छ।
निष्कर्ष र सुझाव :-
नेपालको कम्युनिस्ट आन्दोलनले ऐतिहासिक रूपमा जनताका आकांक्षालाई अभिव्यक्त गरेको थियो, तर हाल यसले दलाल पुँजीवादसँग आत्मासमर्पण गरेको छ। मार्क्सवादी सिद्धान्तको मूल सार—वर्ग संघर्ष, सर्वहाराको मुक्ति, र शोषणविहीन समाज—यहाँ अप्रासंगिक बनेको छ। एमाले र माओवादी जस्ता प्रमुख दलहरू संसदीय पुँजीवादी व्यवस्थामा एकीकृत भएर नेतृत्वको सत्ता, भ्रष्टाचार र जनविरोधी नीतिहरूमा केन्द्रित छन्। क्रान्तिका नाममा भएको दशकौंको संघर्ष, रक्तरञ्जित बलिदान र जनआकांक्षा विश्वासघातमा परिणत भएको छ। कृषि "क्रान्ति" र आर्थिक गतिविधिहरू पनि पुँजीवादी बजार नीतिभित्रै सीमित छन्, जसले श्रमिक शोषण र असमानतालाई नै पोषण गर्दछ। यसले कम्युनिज्मको नैतिक अधिकार र ऐतिहासिक विरासतलाई ध्वस्त पारेको छ।
सुझाव:
१. कम्युनिस्ट पार्टीहरूले मार्क्सवादको वैज्ञानिक द्वन्द्वात्मकतालाई पुनर्जीवित गर्नुपर्छ। वर्ग संघर्ष, शोषण विरुद्धको संगठित प्रतिरोध, र सामूहिक स्वामित्वको अर्थतन्त्र नीतिको केन्द्र बनाउनु जरुरी छ।
अन्त्यमा
नेपालको कम्युनिस्ट आन्दोलन "सत्ताको लागि कम्युनिज्म"बाट "जनताको कम्युनिज्म" तर्फ फर्कन बाँकी छ। यसको भविष्य सिद्धान्तको पुनरुत्थान, नेतृत्वको नैतिक शुद्धता, र जनसङ्घर्षमा आधारित रणनीतिमा निर्भर गर्दछ। अन्यथा, यो इतिहासको एउटा "दलाल पुँजीवादी उपन्यास"मा सीमित हुनेछ।