ram bahadur Friday, 9 September 2022

नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो: पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन्।

शुक्रबार एक शोक वक्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको उल्लेख गरेका छन्।

‘संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ। साथै, नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ,’ पूर्वराजा शाहले भनेका छन्,‘नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम् प्राथमिकता दिएका छौं।’

, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन्।

एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन्।

Related News