सरोज थापा Friday, 15 November 2024

एमाले डोल्पाको अध्यक्षमा लंक बहादुर रोकाया निर्बाचित

कान्जिरोवापोष्ट

सरोज थापा कार्तिक ३० डोल्पा ।

नेकपा एमाले डाेल्पा जिल्लाको सातौं जिल्ला अधिबेशनबाट लंक बहादुर राेकाया सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन । कार्तिक २७ गते देखि डोल्पाको सदरमुकाम दुनैमा ७ औ जिल्ला अधिवेशन उद्घाटनका साथ अधिबेशन सुरु भएकाे थियो । सातौ जिल्ला अधिबेशन बाट निर्वाचित अध्यक्ष लंक बहादुर राेकाया दुई दशक लामो समय आगाडी देखि पार्टीको युवा सङ्ग ,लगायत विभिन्न जिम्मेवारी सम्हाल्दै ,चौथो जिल्ला अधिबेशन देखि जिल्ला कमिटी सदस्य रहदै  छैटौं जिल्ला अधिवेशनमा सचिव पद सम्हालेर ७ औ जिल्ला अधिबेशन  विविध कारण बस समयमै हुन नसक्दा ७ औ जिल्ला अधिबेशन गर्नको लागि जिल्ला संयोजकको जिम्मेवारि केन्द्र र प्रदेश पार्टिले बिश्वास गरि जिम्मेवारी सुम्पिएको थियो ।

अध्यक्ष पदमा धेरैकाे इच्छा आकांक्षा भएपनि रोकायको पक्षमा  मुड्केचुला , जगदुल्ला , शे फोक्सुन्डो गाउपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको बहुमत र सबैको एकोहोरो सपोर्ट भएकोले रोकायाको बिरुद्धमा उठ्दा सहजै हार ब्याहोर्नु पर्ने देखिए पछि कसैले उठ्ने आट नगरेपछि छलफल पछि सर्वसम्मतिले अध्यक्ष पद टुंगो लागेपछी अन्य सबै पद टुंग्याइएकाे थियो ।

यस्तै साताैं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा  लंक बहादुर  शाही, सचीवमा त्रिपुरासुन्दरी नगरपालिका पुर्ब वडा अध्यक्ष जनक केसि ,सहसचिवमा काइके गाउपालिका बाट लाेकेन्द्र राना, महिला तर्फ सहसचिबमा ठुलिभेरी नगरपालिका बाट जुनि बुढा सहित जिल्लाभर बाट सामानुपातिक तरिकाले  सबै क्षेत्र,भुगोल बाट गरेर ७१ सदस्यीय जिल्ला कमिटी सर्बसहमतिले निर्वाचित भएको नेकपा एमाले तथा नब निर्बाचित अध्यक्ष लंक बहादुर रोकायाले जनाए ।  

Related News