१० भदौ, जनकपुरधाम । उम्मेदबार छनौट गर्ने उद्देश्यले नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशभरिका सबै ६४ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
प्रदेश र संघमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गराउन सक्ने संख्यामा जनप्रतिनिधिलाई निर्वाचित गराउने र निर्वाचनमा विजयी हासिल गर्न सक्ने योग्य, इमान्दार, पार्टीप्रति प्रतिबद्ध सम्भावित उम्मेदबारहरु छनौट लगायत खटिएको क्षेत्रको सुक्ष्म वस्तुस्थिति विश्लेषण गरी लिखित प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिदैं प्रतिनिधि खटाइएको प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले बताएका छन् । प्रदेश कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।





