सरोज थापा Saturday, 17 September 2022

गजल


सविन सिटौला , झापा


मनपरी सोधिराछ तर क्यै जवाफमा आउँदैन 

तिम्रो बोली किन उसको बर्खिलाफमा आउँदैन 


तिमीले काँडा टिपेर हातमा राखिदिए हुन्छ 

लाग्छ कि प्रेम चढेर कहिल्यै गुलाफमा आउँदैन 


भयो प्रिय , अब कति झुकेर मागिरहन्छौ 

बिगारेको काम सप्रिएर यहाँ माफमा आउँदैन 


साथीसँग चिया साथसाथै इलमका कुरा हुन्छन् 

उनीसँग छुट्या कुरा तर गफगाफमा आउँदैन 


मोटर साइकल चढ्दैमा बहुत घमण्ड गरी आउँछौ

बरु दुर्घटना समेत यति रबाफमा आउँदैन 


विकल्प छैन देवालयमा न्याय याचना गर्नुको

जानेकै छु तेरो त्यो न्यायालय निसाफमा आउँदैन


Related News