कान्जिरोवापोष्ट अन्लाईन असोज १ बुधबार २०८२ डोल्पा ।
दशै तिहारलाई मध्यनजर गर्दै डोल्पाको सदरमुकाम दुनै बजारमा बुधबार दिउँसो अनुगमन गरिएको छ । उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय डोल्पाको आयोजनामा अनुगमन गरिएको हो ।
अनुगमण दुनै बजारका होटेल किराना पसल सबै ठाउमा गरिएको थियो । अनुगमन दुनै बजारमा रहेका २१ वटा पसलहरु बाट म्याद गुज्रिएका चक्लेट ,चोखोपाई ,चोखोपन,भुजा,तरकारी मसला , मिट मसला, बिस्कुटहरु ,इनामेल लगाएत विभिन्न म्याद गुज्रिएका सामनहरु गरि जम्मा १३ हजार ७ सय ५० रुपैयाँ को सामनहरु बरामद गरि नष्ट गरिएको छ ।
अनुगमनमा उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय , जिल्ला प्रशासन कार्यलय , नेपाल प्रहरी , नागरिक समाज , संचारकर्मिको सहभागितामा डोल्पाको सदरमुकाम दुनै बजारमा अनुगमन गरिएको हो ।




