विष्णु पादुका
कागकोट ,डोल्पा ।
....
मान्छे खेलुन्जेल रमाउँछ
अनुभूति पनि विस्मृत हुन्छ
समझदारीको डोरीमा झुन्डिएर
आकर्षक दृश्य सजाउँदै आँखामा
मच्चिन्नुको अन्तर (
जाँदा पुरुष आउँदा नारी
जाँदा नारी आउँदा पुरुष
लैङ्गिकताले मच्च्याइरहेको छ
शंकाको डोरी
चुटेपछी पछारिएका दोहोरी खेल्ने खेलाडी
उठ्न नसक्ने गरि पछारिएको दृश्य
अट्टहासले गुन्जिन्छ
पिङ
निरन्तर खेलिँदो छ
मानसिकतामा लिङ्गधारी प्रजाती
पिङ खेल्नमा मस्त छ
अघि बढाउने
पछि फर्काउने
पिङको सनातन नियम
उल्ट्याउन
जन्ती मलामी हुन आतुर छन्
लासको डोलि बोक्न
कोहि लोटि रहोस्
कसै न कसैलाई दुखि रहोस्
मान्छे हुनुको आततायी परिचय बोकेर
दर्शक दिर्घामा खचाखच छन्
पिङ वरिपरि
एक्लो मच्चिने पुरुष लिङ्ग बोकेको खेलाडी
नयाँ भाका फेर्छ
(संसारमा गीत गाएर प्रेमिका फकाउनु
र उस्तै हो भजन गाएर ईश्वर बोलाउनु
खेल्नुको पालो फेरिन्छ
स्त्री लिङ्ग बोकेर मच्चिन्छ अर्को खेलाडी नयाँ स्वरमा
( तोडिन्छ पिञ्जडा भत्किन्छ भित्तो
धर्ती फूलबारी हो कहिल्यै हुन्न रित्तो
पिङको सिलसिला
अटुट मञ्चन भैरहेको छ
लिङ्ग छेदन गर्न नसकेर होला
बिसाएको छ केही बेर एक दर्शक
देखेको छ विष्मित भएर
उसको आफ्नै
बेसुरा भाका छ
(स्वतन्त्रताको उडान रोजेर उडेको ऊ
सुरक्षित पिञ्जडा नभेटेर बेवारिसे छ ।





