सरोज थापा Friday, 16 September 2022

कबिता पिङ

विष्णु पादुका कागकोट ,डोल्पा । .... मान्छे खेलुन्जेल रमाउँछ अनुभूति पनि विस्मृत हुन्छ समझदारीको डोरीमा झुन्डिएर आकर्षक दृश्य सजाउँदै आँखामा मच्चिन्नुको अन्तर ( जाँदा पुरुष आउँदा नारी जाँदा नारी आउँदा पुरुष लैङ्गिकताले मच्च्याइरहेको छ शंकाको डोरी चुटेपछी पछारिएका दोहोरी खेल्ने खेलाडी उठ्न नसक्ने गरि पछारिएको दृश्य अट्टहासले गुन्जिन्छ पिङ निरन्तर खेलिँदो छ मानसिकतामा लिङ्गधारी प्रजाती पिङ खेल्नमा मस्त छ अघि बढाउने पछि फर्काउने पिङको सनातन नियम उल्ट्याउन जन्ती मलामी हुन आतुर छन् लासको डोलि बोक्न कोहि लोटि रहोस् कसै न कसैलाई दुखि रहोस् मान्छे हुनुको आततायी परिचय बोकेर दर्शक दिर्घामा खचाखच छन् पिङ वरिपरि एक्लो मच्चिने पुरुष लिङ्ग बोकेको खेलाडी नयाँ भाका फेर्छ (संसारमा गीत गाएर प्रेमिका फकाउनु र उस्तै हो भजन गाएर ईश्वर बोलाउनु खेल्नुको पालो फेरिन्छ स्त्री लिङ्ग बोकेर मच्चिन्छ अर्को खेलाडी नयाँ स्वरमा ( तोडिन्छ पिञ्जडा भत्किन्छ भित्तो धर्ती फूलबारी हो कहिल्यै हुन्न रित्तो पिङको सिलसिला अटुट मञ्चन भैरहेको छ लिङ्ग छेदन गर्न नसकेर होला बिसाएको छ केही बेर एक दर्शक देखेको छ विष्मित भएर उसको आफ्नै बेसुरा भाका छ (स्वतन्त्रताको उडान रोजेर उडेको ऊ सुरक्षित पिञ्जडा नभेटेर बेवारिसे छ ।


Related News