कान्जिरोवापोष्ट समाचारदाता
२२१ निबेदनको छलफल तथा प्रक्रिया आगाडी बढाईने ।
रुपलाल बोहोरा असार १७ डोल्पा ।
भुमि समस्या समाधान आयोग जिल्ला समिति डोल्पा ले अव्यवस्थित बस्ती को स्थलगत निरीक्षण गरेको छ । डोल्पा को छार्का तामसोङ गाउँ पालिका वडा नं ४ को कागकोट मा शुक्रबार समितिले निरिक्षण गरेको हो । निरिक्षण को क्रम मा कागकोट गाँउ मा मात्र ६२ घर अव्यवस्थित रहेका छन् । पहिले बसेको कागकोट बस्ती मा भिर बाट ढुङ्गा खसेर मानवीय तथा पशुवस्तु को क्षति भए पछि १५ बर्ष पहिला कागसेरा मा अव्यवस्थित बसोबास गर्दै आएको स्थानीय छेवाङ गुरुङ ले जानाकारी दिए । पहिले को बस्ती मा भिर बाट खसेर एक जना महिला र २ जना बच्चा को मृत्यु भए पछि रहर नभइ बाध्यता ले हाल अव्यवस्थित बसोबास गर्नु परेको पनि गुरुङ ले बताए। पछिल्लो समयमा जनसंख्या बृद्धि र बस्ती तलको जमिन भासिदै गएकाले निकै समस्या भइ सुरक्षित ठाउँ कागसेरा मा बस्ती सरि गएको बताए । सुरुवातमा मा बाध्यताले पाल टाँगेर बस्नु परेको अबस्थाको बारे पनि उनले बताए ।
निरिक्षण को क्रममा छार्का ताङसोङ्ग गाउपालिकाको कागकोट पुगेका भुमी समस्या समाधान आयोग जिल्ला समिति डोल्पाका अध्यक्ष तुलाचन्द्र बुढाले कागकोट बस्ती सुरक्षित ठाउमा सरेर ठिक भएको बताउदै यदि त्यो बस्ती नसरेको भए ठुलो धन जनको क्षति हुने भन्दै अवब्यबस्थित बस्तीका लागी प्रकृया बढेको भन्दै स्थानिय बासीलाई बिश्वास्त रहन आग्रह गर्नुभयो । भुमी समस्य समाधान आयोग जिल्ला समिति डोल्पा ले तत्काल छार्काताङ्ग्सोङ्ग गाउपालिका भित्रको वडा नं ४ कागकोट बाट अव्यवस्थित बस्तिको निवेदन परे अनुसार सबै वडा मा प्रकृया अगाडि बढाउने भएको जनाईएको छ।




