कान्जिरोवापोष्ट खबर असार १ गते २०८२ डोल्पा ।
नेपाल मानव अधिकार संगठन, डोल्पा शाखाको तेर्सो अधिवेशनबाट सभापतिमा अधिवक्ता पुर्ण प्रसाद हमाल चयन भएका छन । हमालको सभापतित्वमा जिल्ला कार्यसमिति बिस्तार गरिने भएको नब निर्बाचित सभापति हमालले बताउनु भयो । यो संगठनले गर्ने काम भनेको जिल्ला भित्र घटेका मानव अधिकार विरुद्धका घटनालाई सुस्म अध्यायन गरि सम्बन्धित निकायमा रिपोर्ट पेस गर्ने, जिल्ला मानव अधिकारलाई सम्बर्द्धन, संरक्षण गर्ने, मानव अधिकार रक्षाकालागि आवश्यक काम गर्ने लगाएतका क्षेत्र अधिकार रहेको छ ।
कार्यक्रम डोल्पाको सदरमुकाम दुनैमा रहेको सिद्धार्थ होटलमा जिल्लाका राजनैतिक दल,नगारिक अगुवा, सरकारी तथा गैरसरकारी प्रमुखहरु , सरोकारवाला ब्यक्तिहरु र संचारकर्मिहरुको सहभागिता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम गर्नको लागि नेपाल मानव अधिकार संगठन नेपालका केन्द्रिय अध्यक्ष इन्द्र प्रशाद अर्यालको उपस्थितिमा कार्यक्रम भएको हो ।




