सरोज थापा Friday, 25 April 2025

भिरालो गोरेटो बाटो बाट लडी दुई जनाको मृत्यु

कान्जिरोवापोष्ट 

सरोज थापा बैशाख १२ डोल्पा । 

डोल्पामा राती भिरालो गोरेटो बाटो बाट लडेर दुई जनाको मृत्यु भएको छ ।  ठुलीभेरी न.पा. वडा नम्बर ४ भित्र पर्ने तिप्ला तातोपानी जोड्‌ने गोरेटो बाटोमा रोल्पा सुनछहरी गा.पा. ३ बर्ष अन्दाजी ३२/३३ की पार्वती घर्ती मगर र रुकुम पश्चिम आठबीसकोट न.पा. ३ बर्ष १८ का किरण भण्डारी कामको शिलशिलामा राती करिब ९:३० बजेको समयमा तातोपानी देखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो बाट खसेर घर्ती र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनिहरु  ठुलिभेरी न.पा.३ तिप्ला गाउमा केही समय आगाडी देखि मजदुर काम गर्दै आएका थिए !  मृत्यु हुनेहरु भिरबाट करिब ५०० मिटर तल खसेर मृत अवस्थामा फेला  परेको जिल्ला प्रहरी कार्यलय डोल्पाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक राजेस बस्नेतले जानकारी दिनुभयो । 

 प्रहरी निरीक्षक राजेश बस्नेतको कमाण्ड सहित १५ जनाको टोली बिहीवार बिहान ७ बजे घटना स्थलमा पुगि भिर बाट लडेको दुई ओटा ल्हासलाई पोस्टमार्टमको लागि प्रहरीले जिल्ला अस्पताल दुनैमा पुर्‍याईएको  प्रहरी निरीक्षक  बस्नेतले जानकारी दिनुभयो । जिल्ला अष्पताल डोल्पामा पुर्‍याईयका ल्हासको पोष्ट्मार्टम हुन सकेको छैन ।
Related News