सरोज थापा Monday, 7 April 2025

त्रिपुरासुन्दरी न.पा.मा डिजिटल नागरिक वडापत्र संचालनमा ल्यायो

कान्जिरोवापोष्ट चैत्र २५, त्रिपुराकोट डोल्पा ।


त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र सुरु गरिएको छ । नागरिकलाइ प्रबिधि मैत्री बनाउन नगरपालिकाले पहिलो पटक डिजिटल नागरिक वडापत्र राखेर प्रबिधिको सुरुवात गरेको हो । सोमवार जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले डिजिटल नागरिक वडापत्रको एक कार्यक्रमका बिच उद्धघाटन समेत गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले जानकारी दिए । थापाका अनुसार पालिकामा नागरिकले कुन सेवा कसरी कुन फाट र कति नम्बर कोठावाट लिन पाइन्छ भन्ने प्रष्ट रुपमा खुलाएर राखिएकोले पनि नागरिक मैत्री रहेको बताए ।

नगरपालिकाको प्रमुख प्रशासकिय भवनको मुल ढोका छेउमा डिजिटल वडापत्र राखेर नागरिकलाइ सूसुचित गरिएको छ । डोल्पाका ८ वटा स्थानीय तह मध्य डिजिटल नागरिक वडापत्र राख्ने त्रिपुरा सुन्दरी नगरपालिका पहिलो स्थानीय तह हो ।  डिजिटल नागरिक वडापत्रमा नगरपालिकाले दिने हरेक सेवाहरुका बारेमा बुझिनेगरी सरल तरिकले देखाइएको नगरप्रमुख जनचन्द्र रोकायाले बताए । नगर प्रमुख रोकायाले भने अब नागरिकले कुन सेवा कतादेखी र कहाँ गएर लिने भन्ने वारे सोधि रहन र अलमलमा पनि हुदैन । पछिल्लो समय हरेक दिन बिकास हुदै गएको डिजिटल प्रबिधिहरुकै प्रयोग मार्फत नै नागरिकलाइ सूचना दिने र सेवा प्रदान गर्ने धेयका साथ लागि रहेको नगर प्रमुख रोकायाले दावी गरे ।

समयसँगै बिकास भइ रहेको र नागरिकले चाहेको डिजिटल प्रबिधिको सहि रुपमा सदुपयोग नगरपालिकाले गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले खुसि प्रकट गरे । सरकारका हरेक निकायले यसैगरी नागरिकलाइ प्रबिधि मैत्री बनाउने र सूचना प्रदान गर्ने कुराको बिकास डोल्पामा गर्नुपर्ने भन्दै त्रिपुरा सुन्दरी नगरपालिकालाइ नयाँ कुराको थालनी गरेकोले रोकायाले धन्यवाद समेत दिए । समयानुकुल प्रबिधि मैत्री हुन स्थानीय तहको एक सकारात्मक र अब्बल पाटो भएकोले नागरिकलाइ प्रष्ट रुपमा सूचना दिनु नै प्रमुख उपलब्धी रहेको प्रमुख रोकायाको बुझाई छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र लगायतका नगरपालिकालाइ प्रविधि मैत्री नगरपालिका बनाउने कार्यक्रम अनुसार नगरपालिकामा ईन्टरकम टेलीफोन सेवा ई हाजिर डिजिटल वोर्ड सहित प्रबिधि मैत्री बनाइएको छ । प्रबिधि मार्फत नगरिकलाइ स्थानीय सरकारले दिने सेवाका बारेमा सहज रुपमा सूचना दिनको लागि नगरपालिकाले प्रबिधि तर्फ बिशेष जोड दिएको नगरपालिकाका प्रमखु जनचन्द्र रोकायाको जिकिर छ । रोकाया भन्छन समय अनुसार नगरपालिकाले काम गर्दै जान्छ नागरिक मैत्री सेवा हुन्छ ।

Related News