सरोज थापा Tuesday, 25 March 2025

डोल्पाका ठुलिभेरिको ७ र ८ वडामा ५० दिने स्वारोजगार तालिम सुरु

कान्जिरोवापोष्ट 

सरिज थापा चैत्र १२ जुफाल डोल्पा ।

ठुलिभेरी नगरपालिका जुफाल डोल्पामा ५० दिने रोजगार तालिम सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ठुलिभेरि नगरपालिका वडा नम्बर ७ र ८ का ४० जना बेरोजगार युबा युबतिहरुलाई सिकर्मि  तथा डकर्मि को लागि  ५० दिने तालिम चैत्र १२ गते बाट ठुलिभेरी नगरपालिका जुफालमा संचालन भएको वडा  अध्यक्ष मनराम ठकुल्लाले जानकारी दिनुभयो

  अध्यक्ष ठकुल्लाका अनुसार यो तालीमले बेरोजगार युवा युवती तथा बेरोजगारलाई स्वारोजगार तिर लगेर आत्म निर्भर बनाउनका लागि पनि यो तालिम गरिएको बताउनुभयो ।  उहाले भन्नू भयो पक्कै पनि तालिम पछि हाम्रो वडामा बेरोजगार न्यूनीकरण गरि आत्मनिर्भर बनाउने मुख्य उदेश्य रहेको बताउनु भयो । 

तस्बिरहरु 

Related News