सरोज थापा Tuesday, 25 March 2025

पहिचान नखुलेको मृतक लास फेला पहिचानका लागि सहयोग गर्न सबैलाई प्रहरिको अनुरोध

कान्जिरोवापोष्ट 

सरोज थापा चैत्र १२ गते डोल्पा ।

माथिल्लो डोल्पामा पहिचान हुन नसकेको मृतक लाह फेला पारिएको छ । जिल्ला प्रहारी कार्यलय डोल्पामा जानकारी आए पछि जिल्ला प्रहरी कार्यलय बाट खटिएको अनुसन्धान अधिकृत  सहितको टोलि घटना स्थलमा पुगि ५ दिन पैदल देखि बेवारिसे ल्हास पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम दुनै पुर्‍याएको जिल्ला प्रहरि कार्यलय डोल्पाले जनाएको छ ।

चैत्र ५ गते अन्दाजी ११:३५ बजेको समयमा डोल्पाको  छार्काताङ्सोङ गाँउपालिका वडा नं. २ मिसिङ बगर भन्ने स्थानमा पहिचान नभएको सनाखत हुन नसकेको मृतक लास फेला पारेको जिल्ला प्रहरी कार्यलय डोल्पाका डि एस पि हरि कृष्ण केसिले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यलय डोल्पाको अनुसार वर्ण गहुगोरो, उचाई ५ फिट ५ ईन्च भएको, शरीरको माथिल्लो भागमा खैरो रङको स्वीटर लगाएको, टाउकोमा खैरो रङको टोपी, शरीरको तल्लो भागमा खरानी रङको कटन पाईन्ट, पाईन्ट भित्र कालो रङको पाईन्ट, खुट्टामा SPORT लेखेको कलेजी रङमा सेतो लाईनिङ् भएको जुत्ता लगाएको, हल्का फुलेको लामो दाह्रि जुङ्गा पालेको अन्दाजी बर्ष ४५/५० जतिको पहिचान हुन नसकेको पुरुष व्यक्तीको लाश फेला पारी पैदल देखिदिन सम्म ल्हास बोकि नेपाल प्रहरीको टोलिले ल्याएर जिल्ला अष्पतालको सब गृहमा ल्हास राखिएको प्रहरीले जानकारी गरेको छ । 

Related News