सरोज थापा Sunday, 23 March 2025

नेपाल लाईफ इन्स्योरेन्स डाेल्पाद्वारा बीमा साक्षरता कार्यक्रम

कान्जिरोवापोष्ट चैत्र १० दुनै डाेल्पा ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा डाेल्पाद्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ। आइतबार सदरमुकाम  दुनै बजार स्थित उपशाखाकाे कार्यालयमा अभिकर्ता र बिमितहरुकाे सहभागीतामा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएकाे हाे।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख अनन्त अधिकारीले बीमा कसरी गर्ने, बीमा किन गर्ने, बिमा गर्दा बीमित र बीमितका आफन्तलाई हुने फाइदा, बीमाका प्रकारहरु,नेपालमा बीमाकाे अवस्था र लगानी , जीवन बीमाकाे प्रमुख आवश्यकता, बीमा सम्बन्धि ऐन नियम कानुन, बीमा कम्पनी र नेपाल सरकार मातहतकाे राष्ट्रिय बीमा प्राधिकरण बिचकाे समन्वय तथा नियन्त्रण लगाएतका बारेमा सहभागीहरुलाई बीमा साक्षरता कार्यक्रम अन्तरगत जानकारी गराएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा डाेल्पाका प्रमुख पदम बहादुर शाहीले जानकारी दिनुभएको।

उपशाखा प्रमुख शाहीका अनुसार डाेल्पामा नेपाल लाईफ इन्स्योरेन्सकाे कार्यालय २०७५ सालमा स्थापना भएकाे हाे । यस शाखाबाट हाल सम्म १ हजार ५ सय ९८ जनाले बिमा गरेका छन। डाेल्पामा ५ जनाकाे मृत्युु दावी भुक्तानी दिइएको छ भने एक जनाले अशक्त सेवा सुविधा लिइ रहेका छन।

Related News