नेकपा (एमाले)डोल्पाले गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्ने भएको छ । नेकपा (एमाले)डोल्पाको सचिवालय बैठकले केन्द्रीय निर्देशन अनुसार नै चैत्र १८ गते गणतन्त्रको पक्षमा र्याली सहित जनप्रदर्शन र जागरण सभा गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले चैत्र ११ गते डोल्पाका सवै वडामा गणतन्त्रका पक्षमा जनसचेतना कार्यक्रम गर्ने र १८ गते डोल्पा सदरमुकाम दुनैमा जनप्रदर्शन र जागरण सभा गर्ने निर्णय गरेको नेकपा (एमाले)डोल्पाका पार्टी सचिव जनक केसीले जानकारी दिए । सचिव केसिका अनुसार यि महत्वपूर्ण निर्णयका साथै पार्टीका हितका निर्णय समेत भएका बताए ।
राजावादीहरुले पछिल्लो समय देशका बिभिन्न क्षेत्रमा गरि रहेका क्रियाकलापहरुको बिरोध र गणतन्त्रको पक्षमा नेकपा (एमाले)ले देशभर बिभिन्न कार्यक्रमको घोषणा गरि रहेको छ । सो केन्द्रिय निर्देशन अनुसार नेकपा (एमाले)डोल्पाले पनि गणतन्त्रको पक्षमा बिभिन्न कार्यक्रमहरु गर्न तमतयार रहेको नेकपा (एमाले)डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने वडा पालिकाका अध्यक्ष देखी नागरपालिका तथा गाउँपालिकाका अध्यक्षहरु र कमिटीका पदाधीकारीहरु सहित जिल्ला कमिटीका सवै सदस्यहरुलाइ अनिवार्य रुपमा जनप्रदर्शन र जागरण भेला हुने दिन बोलाइएको छ नेकपा (एमाले)डोल्पाले डोल्पाले गणतन्त्रको पक्षमा डोल्पामा पनि व्यापक रुपमा जनप्रदर्शन गर्छ ।
पार्टीको निर्देशन अनुसार कार्यक्रमहरु हुने र हरेक ओहोदाका नेता तथा कार्यकर्ताहरु चैत्र १८ गतेको भेलामा सहभागि हुन निर्देशन गरिएको पार्टी अध्यक्ष रोकायाले बताए । नेकपा (एमाले)को तिन महिने वडा केन्द्रीत अभियान पनि जारी नै रहेको र यहि बिचमा राजावादीहरुका बिरुद्ध र गणतन्त्रको पक्षका कार्यक्रमहरु भइ रहने र पार्टीका नियमित हुने क्रियाकलापहरु भइ रहने पार्टी अध्यक्ष रोकायाले जानकारी दिए । आईतवार नेकपा (एमाले)डोल्पाको पार्टी कार्यालयमा भएको सचिवालय बैठकले नगरपालिका तथा गाउँपालिकाका पालिका अधिवेशन र बाँकी रहेका पालिकाको अधिवेशनका वारेमा समेत छलफल भइ बिभिन्न निर्णय भएको अध्यक्ष रोकायाले प्रषट पारे । नगरपालिका एवम गाँउपालिकाका पालिका अध्यक्षहरुलाइ बधाई तथा शुभकामना समेत दिइएको छ ।




