सरोज थापा Saturday, 22 March 2025

त्रिपुरासुन्दरी नगरपालिकामा वासमार्ट संचालन

काजिरोवापोष्ट अनलाइन 

सरोज थापा २०८१ चैत्र ९ गते शनिबार त्रिपुराकोट डोल्पा । 

त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा शुक्रबार देखि वासमार्ट संचालन  गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरमा वास इकाई र नगरपालिकाको संयोजनमा सरसफाई सम्बन्धि सामाग्री र खानेपानी शुद्धिकरणका सामाग्रीहरु सहज तरिकाले उपलब्ध हुने उदेश्यले त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जुन चन्द्र रोकायाले अरुण हार्डवयर एण्ड सप्लायर्स त्रिपुराकोट बगरमा रिबन काटी वास मार्ट उद्घाटन गर्नु भएको छ । 

खानेपानी सरसफाइ तथा  स्वाच्छता सामाग्रीको लागि मार्ट स्थापना गरिएको  वास सरसफाई कि कर्मचारी बिना बिष्टले बताउनुभयो । यो स्थापना भएको मार्ट बाट विभिन्न सामाग्री खानेपानी सङ्ग संबंधित सबै सामाग्री उपलब्ध गर्ने गराउने उदेश्य रहेको छ ।  वास मार्ट उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रोकायाले जनताहरुलाई सहज हुने उदेश्य रहेकोले आम नागारिकहरुले सफा खाने पानी र स्वाच्छ बाताबरणको अबधारणालाई आत्मसात गर्दै सबैले सहयोग गर्न अनुरोध गर्नुभयो । यस नगरपालिकाले वासमार्टको लागि उपभोक्ताको हितको लागि भरपुर सहयोग गर्ने बताउनु भएको छ । 
Related News