कान्जिरोवापोस्ट
सरोज थापा चैत्र १ दुनै डोल्पा ।
(बालरोग विशेषज्ञको नेतृत्वमा) Dr Rasmita shtestha र Devika Khadka ले दम, न्यूमोनिया जस्ता बालबालिकामा देखिने सामान्य रोगहरूको उपचार, बच्चाहरूको वृद्धिदर तथा विकास मूल्यांकन, अटिज्म स्पेक्ट्रम डिसअर्डर (ASD) तथा ADHD परीक्षण, २०३ जना लाई बालरोग सम्बन्धी परामर्श तथा उपचार गरिएको छ ।
नाक, कान घाँटी (ENT) (नाक, कान घाँटी विशेषज्ञ/सर्जनको नेतृत्वमा) Dr Arun KC ले ३४९ जना लाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमता को जाच तथा २० जना बिरामिको कानको शल्यक्रिया चैत ५ र ६ गते हुने जिल्ला अषपताल डोल्पाले जनाएको छ ।
सामान्य/आन्तरिक रोग (MD फिजिसियन/आन्तरिक रोग विशेषज्ञको नेतृत्वमा) Dr karan Ranbanshi ले ५०३ जना लाई आन्तरिक रोगहरूको निदान, उपचार र रोकथाम, दीर्घकालीन तथा नसर्ने रोगहरूको उपचार, मधुमेह , श्वासप्रश्वाससम्बन्धी रोगहरूको उपचार, दम , न्यूमोनिया ब्रोंकाइटिस, पाचनप्रणाली सम्बन्धी समस्या समाधान, पेट दुखाइ तथा ग्यास्ट्राइटिस, कलेजो तथा आन्द्रासम्बन्धी समस्या, पाचन शक्ति कमजोर हुने समस्या संक्रामक तथा सामान्य रोगहरूको उपचार, तथा आवश्यक बिरामीको भिडियो एक्सरे गरि दुई दिनको शिविरमा जम्मा १५९१ को सम्पुर्ण चेकजाँच तथा औषधि वितरण निशुल्क गरिएको जिल्ला अष्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनु भयो ।




