सरोज थापा Thursday, 13 March 2025

डोल्पामा दुई दिने निशुल्क स्वास्थ्य शिबिर संचालन

कान्जिरोवापोष्ट समाचारदाता

प्रेम थापा फागुन २९ डोल्पा ।

जिल्ला अष्पताल डोल्पामा दुई दिने निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ । बिहिबार बिहान देखि सुरु भएको स्वास्थ शिबिरमा जिल्ला भरिका वृद्ध , अशक्त , अपाङ्गा दीर्घ रोगी महिला पुरुषहरु शिबिरमा चेक जाँच तथा स्वास्थ्य परिक्षण गर्न  सार्बसाधारण जिल्ला अष्पताल डोल्पामा बिहानै देखि बेलुकी सम्म लाईनमा बसेर विभिन्न रोगहरुको चेक जाँच भैरहेको जिल्ला अष्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले बताउनु भयो । 

डाक्टर उपाध्यायका अनुसार डोल्पा जस्तो ठाउमा पनि काठमाडौका वीर अस्पताल ,टिचिङ्ग अष्पताल र पाटन बाट दक्ष चिकित्सकहरुको आएर सेवा दिईरहनु भएकोको मा खुसी व्यक्त गर्नुभयो । ब्याक टि लाईभको आर्थिक सहयोग ,हेरेन्डेक नेपालको साझेदारीमा र जिल्ला अष्पताल डोल्पाको आयोजनामा स्वास्थ्य शिबिर संचालन भएको बताउनु भयो । यो शिबिरमा विशेष गरि मुटु रोग , सुगर , प्रेसर र  डोल्पाली महिलाहरुको समस्यालाई लक्षित गरि शिबिर संचालन भएको बताउनुभयो । 

जिल्ला अष्पताल डोल्पाको अनुसार पहिलो दिन मात्र ९५० जनाको चेक जाँच भएको जनाईएको छ । जसमा महिलाको संख्या ७०  प्रतिसत र पुरुषको संख्या ३० प्रतिशत भएको जिल्ला अष्पताल डोल्पाले जनाएको छ । चेक जाँच गर्न आउनु भएका बाकीको भोलि चेक जाँच हुने जिल्ला अष्पताल डोल्पाले जनाएको छ ।  डोल्पामा निशुल्क शिबिर संचालन हुदा जिल्ला वृद्ध ,असाय ,अशक्त, अपाङ्गा महिला र बालाबालिकालाई राहत भएको छ भने स्थानियहरु खुसी भएका छन । 
Related News