सरोज थापा Tuesday, 4 March 2025

कबुलियती बनमा आगलागी एकजना जलेर घाईते बोट बिरुवा जलेर नष्ट


कान्जिरोवापोष्ट समाचारदाता

किरण बोहोरा फागुन २० गते रिडिङ्ग कालिका डोल्पा ।

मुड्केचुला गाउँ पालिका वडा न ३ रिडिङ  गाउमा रहेको गैरिपाखा कबुलियती बनमा सोमबार बेलुकी पख आगो लगाउदा आगो नियन्त्रण भन्दा बाहिर गएर कबुलियती वन पुरै जलेर नस्ट भएको छ । आगो नियन्त्रण गर्न करिब ३० /३५ जना  स्थानिय मानिसहरु हरियो रुखको हागा बोकेर आगो निभाउन  बनमा पुगेका थिए । आगो निभाउने क्रममै स्थानिय मानिस जलेका छन । आगो नियन्त्रण बाहिर गए पछि बनमा लगाईएका बोट बिरुवा बनस्पति सबै जलेर नष्ट भएका छन ।

गौरिपाखा कबुलियती बनमा आगो नियन्त्रण बाहिर जाँदै गर्दा आगो निभाउन गएका करिब ६० बर्ष का स्थानिय बल बहादुर बोहाेरा लगाईएको कपडा पोलिएर हात शरीरको केहि भाग जलेर घाईते भएको घाईतेको प्रथामिक उपचार स्थानिय स्वास्थ चौकी कालिकामा भैरहेको प्रत्येक्ष दर्सि नन्दलाल थापाले बताउनु भयो ।

     करिब १७/१८ बर्ष आगाडी जिल्ला बन कार्यलय डोल्पा तथा अन्य राज्यको साझेदारी सस्थाहरुको सहयोगमा गैरिपाखा कबुलियती बनको बृक्षा रोपन स्थानिय मानिसहरुले कयौ श्रमदान गरेर हुर्काई बढाई गराएका थिए । सोमबार भएको आगोले सबै कुरा जलाई कबुलियती बन जलेर ठूलो क्षति भएको स्थानियले जानकारी दिएका छन ।

Related News