कान्जिरोवापोष्ट समाचारदाता
पछिल्लो समय नेकपा एमाले पार्टी डोल्पामा आम।जनताहरुको सामु लोक प्रीय बन्दै गएको छ । नेकपा एमाले डोल्पाको जिल्लाभर गाउँपालिका , नगरपालिका र वडाहरुमा एक पछि अर्को कार्यक्रम हुँदै बिभिन्न पार्टी परित्याग गरि प्रबेश गर्नेको लहर चलेको छ । सोमबार भएको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ मा भएको कार्यक्रममा धन बहादुर बुढाले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेपका एमालेमा प्रबेश गर्नुभयो । त्येस्तै हरि प्रशाद बुढा नेकपा माओवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गर्नुभयो । दुबै जना पार्टिकक सक्रिय कार्तकर्ता भएको र धन बहादुर बुढा ७९ सालको निर्बाचनमा चुनाब समेत लडेर पराजित हुनुभएको थियो । हरि प्रशाद राजनितीमा सक्रिय रहदै आउनु भएको थियो ।
केही दिन आगाडी मात्र नेपालि काङ्ग्रेसका पुर्ब वडा अध्यक्ष कर्मसिङ थापा लगाएत उहाहरुको सिङ्गो टिमै नेकपा एमालेमा प्रबेश गरेका छन । विभिन्न वडाका कार्यक्रम र नगरपालिका स्तरीय कार्यक्रमले बिभिन्न ठाउ ठाउँ गाउँ गाउँ बाट पछिल्लो समयमा त्रिपुरासुन्दरी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेस गर्नेको लहर चलेकोले अझै पार्टिलाई बलियो र मजबुत बनाउने नेता कार्यकर्ताहरुलाई उचित मुल्यांकन गर्ने मेयर जुनचन्द रोकायाले बताउनु भयो ।




