कान्जिरोवापोष्ट फाल्गुन १२ दुनै डोल्पा ।
डाेल्पाकाे सदरमुकाम दुनैमा रहेकाे डाेल्पाे क्याम्पसकाे क्याम्पस सभा विभिन्न प्रस्ताव पारित गर्दै सभा सम्पन्न भएकाे छ। क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीकाे अध्यक्षतामा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यता तथा विभिन्न निकायका व्यक्ति तथा प्रतिनिधिहरुकाे सहभागीतामा डाेल्पाे क्याम्पस सभा २०८१ काे उद्घाटन गरिएको थियाे। डाेल्पाे क्याम्पस प्रमुख बिष्णुलाल बुढाले क्याम्पस सभामा पेश गरेका विभिन्न प्रस्तावहरु पास गरिएकाे छ। तत्कालीन क्याम्पस प्रमुख धनन्जय आचार्यले क्याम्पसकाे इमेल सहित क्याम्पसका महत्त्वपूर्ण डाटाहरु डिलेट गरेर गएकाे हुदा काम गर्न कठिनाई भएकाे क्याम्पस प्रमुख बिष्णुलाल बुढाले बताउनुभयो। सुन्यबाट पुन क्याम्पसलाई चलायमान बनाएको उहाँले बताउनुभयो ।
डाेल्पाे क्याम्पस सभालाई शुभकामना दिदै हिजाेकाे दिनमा के कस्ताे भयाे भन्दा पनि त्यसलाई सिकाइको रुपमा लिएर क्याम्पस बिकास र शैक्षिक गुणस्तरकाे लागि सल्लाह सहकार्यकाे खाचाे रहेकाे सामाजिक अभियान्ता ओमेन्द्र केसीले बताउनुभयो। शैक्षिक संरचनाहरु बलियाे भएन भने कुनैपनि क्षेत्रमा विकासकाे सम्भावना नभएकोले शैक्षिक गुणस्तरका संरचनामा ध्यान दिनु पर्ने आवश्यक रहेकाे उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढाले बताउनुभयो।
डाेल्पाे क्याम्पसकाे शैक्षिक गुणस्तर बनाउन डाेल्पा जिल्लाका स्थानीय सरकार , शैक्षिक व्यक्तित्वहरुले विशेषगरी ध्यान दिन आवश्यक रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताउनुभयो। क्याम्पसमा विकास हुनु भनेकाे डाेल्पाका सबै माध्यमिक विधालय पनि सफल हुने भएकाे मुल कुरा शिक्षामा सबै निकायले ध्यान दिन जरुरी रहेकाे ज्ञवालीले बताउनुभयो । डाेल्पाे क्याम्पसकाे शैक्षिक गुणस्तर सुधार गर्नकाे लागि सबैको साथ सहयाेग आवश्यक रहेकाे क्याम्पस संचालन समिति सदस्य तथा पुर्व कर्णाली प्रदेश सदस्य बदमी क्वारी बाेहाेराले बताउनुभयो।
जिल्लाकाे शैक्षिक विषयमा चिन्तन गर्नु आवश्यक रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताउनुभयो । लामाे समय सम्म संचालक समितिमा दिग्गज अनुभवी व्यक्तिहरु हुदा पनि क्याम्पस आंगिक हुन नसकेको भन्दै अब प्रक्रिया सुरु गर्न अनुरोध गर्दै जिससकाे तर्फबाट साथ सहयाेग रहने उहाँले बताउनुभयो। जिल्लाकाे शैक्षिक गुणस्तरकाे लागि जुनसुकै समयमा काम समन्वय गर्न तयार रहेकाे जिसस राेकायाले बताउनुभयो ।
डाेल्पाे क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सबै पुर्वाधार सबै प्रक्रिया पूरा भैसकेको हुदा सम्बन्धित ठाउँमा पहल गर्नकाे लागि जिल्लाका जिम्मेवार निकायले सहयाेग गरिदिन डाेल्पाे क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीले बताउनुभयो। क्याम्पसकाे समग्र विकासको लागि रातदिन नभनि सबै संग समन्वय गरिरहेको उहाँले बताउनुभयो । क्याम्पस सभा २०८१ बाट , बार्षि प्रतिवेदन, क्युएए काे मापदण्ड पूरा गरि क्यूएएमा जाने, भाैतिक पक्की संरचना निर्माणका लागि त्रिभुवन विश्व विधालयमा पेस गर्ने, विधार्थी संख्या भाैतिक संरचना भएकाे हुदा साविकाे भन्दा माथिल्लो तह स्नातकोत्तर तह अध्ययन अध्यापनकाे लागि सम्बन्धित ठाउँमा पेश गर्ने, क्याम्पसकाे भाैतिक विकासकाे लागि विभिन्न प्रक्रिया पूरा गरि भारतीय दुतावासमा पेश गर्ने लगाएतका निर्णय पारित गरिएको छ। ।




