सरोज थापा Friday, 14 February 2025

जाजरकोट र डोल्पाको सिमाको प्यारी भन्ने स्थानमा घरम आगलागी बाट ठूलो क्षेति

कान्जिरोवापोष्ट 

फागुनसरोज थापा डोल्पा


बिहिबार बेलुकी करिब ६ बजेको समयमा आगलागी हुदा एक घर जलेर ठूलो क्षेति भएको छ । जाजरकोट जिल्ला नलगाई १३ भित्र पर्ने प्यारी भन्ने ठाउमा बसोबास गर्ने मुड्केचुला गाउपालिका वडा नम्बर ३ का हरी बहादुर सिहंको घर घरमा हिजो बेलुकी ६ बजेको समयमा आगलागी हुदा घर र घरम  भएका धन माल , सम्पती र घरमा रहेक ६ ओटा मैरी घार मध्ये ३ मैरी सङ्गै रहेका घारहरु जलेको छ्न । घरको आगो निभाउन गएका घरधनीको हात र दाहिने गाला जलेको स्थानिय सुरेन्द्र सिंहले फोनमा जानकारी दिनुभयो ।  आगलागी बाट घरमा रहेको सम्पुर्ण सर साजेको घरधनी हरि बहादुर सिंहले बताए ।

आगलागी भएको जाजरकोट जिल्ला नलगार्ड नगरपालिका वडा नम्बर १३ भित्र पर्ने प्यारी भन्ने स्थान हो । त्येहा डोल्पा जिल्ला मुड्केचुला गाउपालिका वडा नम्बर १,२ र ३ भित्रका स्थानीयहरुको पुर्खौ देखि बसोबास र गर्दै आएका छन ! विशेष गरि पशु बस्तु ,पाल्ने , खेती किसानी गर्ने जग्गा जमिन समेत रहेको छ ।

जाजरकोटको सिमा भित्र पर्ने भएकोले डोल्पाको प्रहरी जान नमिल्ने भएको प्रहरी चौकी कालिका डोल्पाले जनाएको छ । अहिले घटना स्थाल सम्म जाजरकोट देखि दुर्गमटाढा सुचना नपुगेको हुनाले पनि प्रहरी घटना स्थल सम्म पुग्न सकेको छैन ।

Related News