सरोज थापा Tuesday, 11 February 2025

चन्द्रखर बुढाको नेतृत्वमा त्रिपुरासुन्दरी नगर कमिटि गठन

कान्जिरोवापोष्ट समाचारदाता 

रुपलाल बोहोरा माघ २९ त्रिपुराकोट डोल्पा ।

नेकपा एमाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको चौथो नगर अधिबेशन बाट ६६ सदस्यीय नगरकमिटी सर्बसम्बत कमिटी गठन भएको छ ।  त्रिपुराकोट बगरमा २८ र २९ गते दुई दिन भित्र गरिएको अधिबेशनले  व्यापक छलफल बाट चन्द्रखर बुढाको अध्यक्षमा उपाध्यक्ष - भिम वहादुर वुढा ,सचिव - तुलाराम के सी,उप सचिव सम्जाना झाक्री ,उप सचिव - नन्द बहादुर पुन लगायत ६६ सदस्सीय नगर कमिटी गठन भएको नगरकमिटी त्रिपुरासुन्दरीले जनाएको छ । उक्त चौथो नगर भेलाले २ जना लेखा आयोगमा निर्बिरोध  (मन बहादुर बुढा)  संयोजक र  विषा पुन - सदस्य तहने गरि चयम गरेको हो । 

नव निर्वाचित अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यहरुलाई सफथ ग्रहण पछि केन्द्रिय सदस्य एवम् डोल्पा जिल्ला इन्चार्ज बद्मीक्वाँरी बोहोरा, नेकपा एमाले डोल्पाका अध्यक्ष लंकबहादुर रोकाया लगायतका नेता कार्यकर्ताहरुले खादा अबिर लगाइ दिएर कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका छन् । 
Related News