सरोज थापा Saturday, 14 December 2024

टंक हमालको नेतृत्वमा ३३ सदस्यीय गाउँकमिटी गठन

कान्जिरोवापोष्ट मंसिर २८ नर्कु डोल्पा ।

समाचारदाता मुड्केचुला डोल्पा ।

नेकपा माओबादी केन्द्र मुड्केचुला गाउँ पालिकामा ३ औ गाउँ अधिबेशन सम्पन्न भएको छ ।  अधिबेशन बाट टंक हमालको नेतृत्वमा ३३ सदस्यीय गाउ कमिटी मुड्केचुला सर्बसम्मत चयन छ । शनिबारको बन्दसत्र बाट अध्यक्षमा टंक हमाल, उपाध्यक्षमा धन बहादुर रोकाया,तप बहादुर सार्की, काली बहादुर बिक,  कोषाध्यक्षमा लिला पुन सुनार र अन्य ३३ सदस्य सहित गाउँ कमिटी गठन भएको गाउकमिटि मुड्केचुलाले जनाएको छ ।

नेकपा माओवादी केन्द्र डोल्पाको पालिका अधिवेशनमा पहिलो पालिका मुड्केचुला भएको माओबादी केन्द्र मुड्केचुलाले बताएको छ । शुक्रबार पार्टिका केन्द्रीय सदस्य प्रदेश कमिटी सदस्य र जिल्ला सचिव लगाएतका नेताले पार्टीको पालिका अधिवेशनको उद्घाटन गरेका हुन । शनिवार निर्वाचन समितिले घोषणा गर्दै मुड्केचुला गाउँपालिकाको पालिका कमिटीले अब पालिकामा नयाँ तरिकाले काम गर्ने आगामी आउने ८४ को निर्वाचनमा परिणाम सुखद निकाल्नेमा बिश्वस्त रहेको समेत दाबी गर्दै नेकपा माओबादी केन्द्र डोल्पाका पार्टी सचिब तथा मुड्केचुला गाउपालिका अध्यक्ष दत्त बहादुर शाही बताएका छन । 

अध्यक्ष शाहीले हामीले मुड्केचुला गाउँपालिकामा पार्टिका लागि काम गर्ने र जनताको भावना बुझ्ने कमिटी पाएकोमा अब माओवादीकाे लाल किल्ला बन्नेमा दुईमत नरहेको बताए । कार्यक्रममा साबिकका मुड्केचुला गाउपालिकाको साबिकको सर्मी , कालिका र सर्मिका नेकपा माओबादी केन्द्रका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको माओबादी केन्द्र मुड्केचुलाले जनाउदै भब्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको जनाएको छ । 

Related News