सरोज थापा Thursday, 12 December 2024

डोल्पामा एक दिनको लागि बनिन सरस्वती माबिकी छात्रा समन्वय प्रमुख


कान्जिरोवपोष्ट 

सरोज थापा मंसिर २७ डोल्पा ।

डोल्पाको दुनैमा बुधबार Girls Takeover कार्यक्रम  जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । जिल्ला समन्वय प्रमुख श्याम रोकायाले र उपप्रमुख तेजेन्द्र बुढाले एक दिने समन्वय प्रमुख सरस्वती माबिकी छात्रा बिनिता महातारालाई बनाई पदिय जिम्मेवारी सुमोअनु भएको हो । महतारालाई जिम्मेवारी सुम्पिए लगतै जिल्ला समन्वय प्रमुखले गर्नु पर्ने भुमिका बारे जिम्मेवारी पूरा गर्न गराउन प्रतिबद्धता गरिएको थियो ।

सो कार्यक्रम समाज जागरण केन्द्र (SAC) नेपालले Plan International Nepal को साझेदारितामा कर्णाली प्रदेशको डोल्पा जिल्लाको दुई पालिका, ठूलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा किशोरी सशक्तिकरण परियोजना सञ्चालन गरिरहेको छ । विशेष गरी १०-२४ वर्ष उमेर समूहका किशोर-किशोरी, महिला, युवा-युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्नका लागि यो परियोजना सञ्चालनमा रहेको छ । यो परियोजना स्वास्थ्य, विद्यालय तथा स्थानीय तहहरूसँगको सहकार्यमा सञ्चालन र कार्यान्वयन भइरहेको छ ।

Girls Takeover कार्यक्रमको उद्देश्य भनेको किशोरीहरूलाई नेतृत्व गर्ने अवसर प्रदान गर्नु हो । यस कार्यक्रमले उनीहरूको क्षमता उजागर गर्न, आत्मविश्वास बढाउन, निर्णय प्रक्रियामा सहभागी हुन र सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रहरूमा नेतृत्वकारी भूमिका निर्वाह गर्न प्रेरित गर्छ । यसले लैङ्गिक समानता प्रवर्द्धन गर्दै समाजमा किशोरीहरूको सशक्तिकरणको महत्वलाई उजागर गर्नको लागि एक दिने Girls Takeover कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा डोल्पा जिल्लाका सरोकारवाला जिम्मेवार निकाय , बिध्यार्थिहरु , शिक्षक , र संचारकर्मिहरुको सहभागितामा कार्यक्रम भब्य रुपमा सम्पन्न  गरिएको छ । 

Related News