सरोज थापा Tuesday, 10 December 2024

छार्का ताङसोङ गाउँपालिका , कागकोटको गाउँ सभाको (१५) अधिबेशन सम्पन्न ।

कान्जिरोवापोष्ट

सरोज थापा मंसिर २५ डोल्पा ।

           छार्का ताङसोङ गाउँपालिका कागकोट डोल्पाको गाउँ सभाको १५ पन्ध्रौ अधविशन २०८१ मंसरि १३ गते सम्पन्न भएको छ । मंसरि १२ र १३ गते सञ्चालन भएको अधविशनले छार्का ताङसोङ गाउँपालिकाको खानेपानी सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८१, छार्का ताङसोङ गाउँपालीकाको सार्वजनकि सुनुवाई कार्यवधि, २०८१ र छार्का ताङसोङ गाउँपालकिाको बिपद प्रतकिार्य योजना, २०८१ पनि पारति गरेको छ भने सोही दिन ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई वलाङ्ग्केट बितरण गरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि समापन गरएिको गाउपालिकाले जनाएको छ । ६ वटै वडाका ७० जना ज्येष्ठ नागरकिहरुलाई व्याड्केट बितरण गरिएको हो । सो अधिबेशनले पशुपञ्छी सेवा केन्द्रबाट गरिने पशुपन्छी उपचारको शुल्क राजश्व दस्तुर (क) घोडा, खच्चड र याक प्रती गोटा रु. ५०।०० (ख) भेंडा. च्याङ्ग्रा प्रति गोटा रु. १०।००(ग) कुखुरा, हॉस प्रती गोटा रु. ५१०० कायम गर्ने नर्णिय पनि गरिएको छ । त्यस्तै उत्कृष्ट र गुणस्तरिय बिकास  निर्माण कार्य गर्ने सप्तकोशी आधारभूत बिद्यलय घेरावार निर्माण उपभोक्ता समितिलई रु ५ हजार सम्मान पत्र मार्फत सम्मानित गरिएको छ ।

        ६७औं १२ वर्षे शेत्री डुग्ड्रा (शे) मेलामा मुस्ताङ्ग जिल्ला भएर पाल्नुहुने तिर्थयात्रीहरु र आमनागरिकको स्वास्थ्य परीक्षण गर्न ५१०० मिटरको उचाईमा रहेको मुलुङ खर्कमा १५ दिन सम्म खटाई स्वास्थ्य शिबिर सञ्चालन गरी स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गर्नुहुने राष्ट्रसेवकहरु सि.अ.हे.व. अधकृित छैटौ ऐन बहादुर बोहोरा, अ.न.मी. बालिसरा बिक र अ.न.मी. मनिषा बुढालाई प्रशंसा पत्र सहित प्रर्ति व्यक्ती जनही दुई हजार रुपैयाँ का दरले सम्मान सहित पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत अमर राज सेजुवालले जानकारी गर्नु भयो ।

       प्रमुख प्रशासकिय अधिकृत सेजुवालका अनुसार मातृ तथा नवशिशु कार्यक्रमलाई बिस्तार गरी सेवा प्रवाह गर्न आगामी बैशाख सम्म छार्का स्वास्थ्य चौकी, ढाडगाउँमा पनि बर्थिङ्ग  सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । मुकोट स्वास्थ्य चौकी, कागकोटबाट बिशेषज्ञ सेवा लिनको लागी टेलिमिडिसिन Telemedicine सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको उल्लेख गरे । त्यस्तै छार्का ताङसोङ गाउँपालीकामा स्थायी बसोबास गरेर कृष्टल माउण्टेन बिद्यालयबाट एसईई परिक्षा दिन बिद्यार्थीहरुलाई परिक्षा अवधिको व्यवस्थापन खर्च व्यहोर्ने निर्णय गरएिको छ । स्थानिय पाठ्यपुस्तक भोटे भाषा सम्भोट लिपिमा तयार गरी लागु गर्ने निर्णय गरिएको छ ।

          विभिन्न शीर्षकबाट रकमान्तर गर्दै अपुग रकम पूर्ति गरी बिकास निर्माण कार्य सम्पन्न गर्ने निर्णय भएको छ । डोल्पो टुल्कु च्यारिटवल फाउण्डेसन लाई बिद्यालयहरुमा अध्ययनरत बिध्यार्थीहरुलाई शैक्षिक सहयोग तथा स्वास्थ्य सेवामा सहयोग परियोजना कार्यक्रम संचालन गर्न स्वीकृती दिन पनि निर्णय गरि छार्का  ताङ्ग्सोङ्ग गाउपलिकाले गाउँ सभा तगा हिउदे अधिबेशन सम्पन्न गरेको जनाएको छ । 

Related News