सरोज थापा Monday, 18 November 2024

डोल्पाका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुलाई बाताबरणिय अध्ययन सम्बन्धि प्रशिक्षण कार्यक्रम ।

कान्जिरोवापोष्ट 

सरोज थापा मंसिर ३ दुनै डोल्पा ।

डोल्पाका अध्यक्ष /उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुलाई बाताबरणिय अध्यायन सम्बन्धि अभिमुखिकरण कार्यक्रम बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत द्वारा डोल्पाको दुनैमा गरिएको छ । कार्यक्रम  नेपाल सरकार कर्णाली प्रदेश, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत USAID को सहयोगमा २ दिने बाताबरणिय अध्यायन कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु र कर्मचारीहरुलाई प्रशिक्षण गरिएको छ । 

युएसएआईडी जल जङ्गल परियाेजनालेे बिगतका बन तथा जलस्राेत संरक्षण  क्षेत्रमा प्राप्त सफलतामा आधारित रहि स्थानिय समुदाय सरकार र संरक्षणकर्मिहरुकाे जैबिक बिविधता संरक्षण र जलबायु परिवर्तन अनुकुलनकाे क्षेत्रमा क्षमता अभिवृद्घि गर्दै देशकाे बहुमुल्य प्राकृतिक स्राेत संरक्षणमा सहयाेग पुर्याउन ,परियाेजनाले पारिस्थितिक प्रणालीको स्वास्थ्यमा सुधार वातावरणीय अपराध राेकथाम तथा नियन्त्रण, प्राकृतिक स्राेतकाे सुरक्षा र जलबायु परिवर्तन अनुकुलन तथा प्राकृतिक बिपद्हरु व्यबस्थापनका लागि पुर्वतयारिमा समुदायकाे क्षमता अभिवृद्धि गर्दै प्रकृति संरक्षण , मानव समृद्दि र नेपालकाे जैबिक बिभिधता संरक्षणमा सहयाेग पुर्याउने,प्रकृतिकाे जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि गर्ने उदेश्यले दुई दिने वातावरणीय अध्ययन सम्बधि अभिमुखिकरण तथा बन अनुसनधान तथा प्रशिक्षण केन्द्र द्वारा कार्यक्रम गरियकाे छ ।

कार्यक्रममा डाेल्पाका आठै वटा स्थानिय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृतहरुलाई वातावरणीय अध्यानकाे पृष्ठभुमि , वातावरणीय अध्यानकाे सान्दर्भिकता तथा औचित्य,बिकास र वातावरणकाे सम्बन्ध , नेपालकाे वातावरण संरक्षण सम्बन्धि नीतिगत र कानुनि व्यबस्थाहरु संघिय प्रादेशिक तथा स्थानिय तहमा भयका वातावरण संरक्षण सम्बन्धि कानुनि व्यबस्थाहरु, निर्देशिका मापदण्ड परिपत्रहरु स्थानिय सरकार संचालन ऐन,जग्गाप्राप्ति ऐन,बन ऐन,जलस्राेत ऐन,फाेहाेरमैला व्यबस्थापन ऐन,स्थानिय तहमा वातावरणीय अध्ययनकाे आबश्यकता र औचित्य वातावरणीय अध्ययन,प्रारम्भिक वातावरणीय  परिक्षयन र वातावरणीय  प्रभाव मुल्यांकन,प्रमुख वातावरणीय सवाल,बिकल्प,बिश्लेषन,वातावरणीय प्रभाव न्युनिकरणका उपायहरु,वातावरणीय अध्ययन प्रतिबेदकाे स्वीकृति,कार्यन्वयन र अनुगमन,वातावरणीय अध्ययन प्रकृियामा प्रतावक,परामर्शदाता,नियमनकारि निकाय,स्थानिय समुदाय र सराेकार वालाकाे भुमिका बारे प्रष्ट पार्दै प्रशिक्षक निराजन शेष्ठले जनप्रतिनिधि र कर्मचारिहरुलाई आ-आफ्नाे ठाउँमा काम गर्न गराउन आग्रह गर्नु भयाे ।

Related News