सरोज थापा Sunday, 17 November 2024

डोल्पामा वडा अध्यक्षको लागि चार पार्टिको मनोनयन दर्ता

कान्जिरोवापोष्ट 

सरोज थापा मंसिर २ डोल्पा ।

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ ल्हाँ मा वडा अध्यक्षको लागि आइतबार उम्मेदवारी दर्ता गरिएको छ । उपनिर्बाचनको लागि निर्वाचन आयोगले देशभर रिक्त रहेका पदहरुमा उपनिर्बाचन गर्ने निर्णय पछि आइतबार उम्मेदवारी दर्ता गरिएको हो ।  आईतवार मनोनयन ४ पार्टीलेगरेको मुख्य निर्वाचन कार्यलय त्रिपुरासुन्दरी नगरपालिका ५ ल्हाँ डोल्पाले जनाएको छ ।

मनाेनयन दर्ता गर्ने मा १, ज्योति घर्ति महिला नेकपा(एकिकृत समाजवादी) २,नर बहादुर राेका नेकपा(एमाले) ३,नर बहादुर झाक्रि नेकपा (माओवादि केन्द्र) र ४ ,राजेन्द्र प्रसाद न्याैपाने नेपाली कांग्रेस गरि ४ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन कार्यलय डोल्पाले जनाएको छ ।

अहिले उपनिर्बाचन हुन गैरहेको त्रिपुरसुन्दरी नगरपालिका वडा नम्बर ५ ल्हाँ मा एमाले बाट जितेका वडा अध्यक्ष नन्दलाल रोकाया बिरामी भई निदन भएकोले उपनिर्बाचन हुन लागेको हो ।

Related News