सरोज थापा Saturday, 21 September 2024

सउमाबि दुनैको ४७ औ बार्षिकोत्सब तथा अबिभावक दिवस भब्यरुपले सम्पन्न

कन्जिरोवापोष्ट

सरोज थापा असोज ५ दुनै डोल्पा ।

डोल्पा जिल्लाको सदरमुकाम दुनै भित्र रहेको सरस्वती माद्यामिक  बिद्यालयले ४७ औ बार्षिकोत्सब तथा अबिभावक दिवस भब्य रुपमा मनाई सम्पन्न भएको छ । कार्यक्रममा बिद्यालयको समग्र अबस्थामा ,परिचय ,पृष्ठभुमि र हाल सम्मको प्रगतीको विवरणका साथ बिद्यालयका बारे प्रधानाध्यापक सत्यनारायण सिंहले सबैसामु जानकारी गर्नुभयो ।

दिवसको अबसरमा बिद्यालयम कार्यरत शिक्षक भुपेन्द्र राणा लगाएत ३ जना शिक्षकलाई सम्मान गरिएको छ । बिद्यालयले उत्कृष्ट अंक ल्याउने अनुसासित छात्रा ,छात्रहरुलाई पनि पुरस्कृत गरिएको छ । सोही कार्यक्रममा बिद्यालयका बिध्यार्थिहरुले विभिन्न नाछ गान प्रस्तुत गरि कार्यक्रमको सोभा अझै बढेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढा,प्रजिअ तुल्सी प्रशाद दाहाल, नगरप्रमुख ,स्वबर्ण कुमार बुढा ,विभिन्न पर्टिका प्रमुख ,प्रतिनिधिहरु र जिल्ला समन्वय प्रमुख श्याम रोकायाले  लामो समय स्थपना भएको बिध्यलयको बार्षिक प्रगतिका कुरा के कसो रहेको भन्ने लगाएत विभिन्न प्रश्नहरु तेर्स्याउदै अबका दिनमा अभिभावक ,बिद्यालय ब्यबस्थापन समिती र शिक्षक अझै जिम्मेवार बन्नु पर्ने समय सापेक्ष काम कार्य गर्न आग्रह गर्दै बिद्यालय हितको लागि र बिध्यार्थिको सुनौलो भबिष्य निर्माणका लागि अझै जिम्मेवार हुन समेत सबैले सुझाब दिए ।

बिद्यालयले ४७ औ बार्षिकोत्सब तथा अबिभावक दिवसको सभाध्यक्ष तथा बिद्यालय ब्यस्थापन समितीका अध्यक्ष मुन बुढाको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी सचीव हिक्मत बुढा,नेकपा एमाले पार्टी संयोजक लङक बहादुर रोकाया, समन्वय प्रमुख श्याम रोकाया, ठुलिभेरी नगर प्रमुख स्वाबर्ण कुमार बुढा , प्रजिअ तुल्सी प्रशाद दाहाल, सबै सुरक्षा निकायका प्रमुखहरु , सरकारी तथा गैर सरकारी कार्यलय प्रमुख प्रतिनिधिहरु ,नगरीक समाज लगाएत शिक्षक ,बिध्यार्थिहरु ,अभिभावक लगाएत पत्रकार र सरोकारवालाहरु सबैको सहभागिताम  कार्यक्रम सम्पन्न भएको छ । 

Related News