सरोज थापा Monday, 16 September 2024

डोल्पामा प्रहरीले पहिचान नखुलेको एकजनाको सब भेटायो

कान्जिरोवापोष्ट 

सरोज थापा भदौ ३१ डोल्पा । 

डोल्पामा प्रहरीले पहिचान नखुलेको एक जनाको सब भेटाएको छ ।  आईतवार बेलुकी पख जिल्ला प्रहरी कार्यलय डोल्पाको अनुसन्धान अधिकृत सहितको टोलिले ठुली भेरी नगरपालिका र काईके गाउपालिकाको सिमाना पर्ने पाल्चा खोलाको खोला पारी पट्टि टाउको मात्र देखिएको अबस्थामा खोज तलास, अनुसन्धान गर्दै गर्दा मृत अबस्थाको सब भेटिएको जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी हरिकृष्ण केसिले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यलय डोल्पाको अनुशासन अधिकृत सहितले टोलिले मृत अबस्थाको सब ठूलो कठिनाईका साथ झिकेर जिल्ला अष्पताल डोल्लामा ल्याएको प्रहरी जनाएको छ । अहिले पहिचन नखुलेको सबको प्रारम्भिक अनुसन्धान भैरहेको र घटना स्थलको प्रकिती हेर्दा माथी बाट बगेर आएको देखिएको डिएसपी केसिले बताए । पहिचान नखुलेको मान्छे सबको र घटानाहो अनुसन्धान भैरहेको र केही समय अगाडि जाजरकोट जिल्लाका एक जना हराएको निवेदन पनि रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । 

Related News