कान्जिरोवापोष्ट
सरोज थापा भदौ २२ त्रिपुराकोट डोल्पा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन क्रान्तिकारी डोल्पाको ९ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।त्रिपूरासुन्दरी नगरपालिका त्रिपुराकोटमा भएको ९ औ जिल्ला सम्मेलन बाट दन्त बहादुर बुढाको अध्यक्ष मा ३५ सदस्यीय जिल्ला जिल्ला कमिटी रहेको अनेरास्ववियु कान्तिकारी निर्बाचित अध्यक्ष दन्त बहादुर बुढाले जानकारी दिए ।
९ औ जिल्ला अधिबेशन बाट अध्यक्षमा दन्त बहादुर बुढा उपाध्यक्षमा सेतिलाल रोकाया , दिपज्योती क्षेत्री र ज्ञानु रोकाया सचिबमा हरिरुप बिक कोषाध्यक्षमा कमला बुढा सहसचिवमा अनुप पहाडी ,अनिस राज रोकाया ,पनिता बोहोरा र सदस्यहरुमा अनिल झाक्री ,बन्दना भण्डारी लगाएत ३५ सदस्यीय जिल्ला कमिटी निर्बिरोध चयन भएको अनेरास्ववियु कान्तिकारी डोल्पाले जनाएको छ ।
कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक धर्मजित बोहोरा बिस्पोट ,पार्टी सचिब दत्त बहादुर शाही प्रदेश कमिटी सदस्य ओमेन्द्र के सि प्रदेश कमिटी सदस्य तथा ठुलिभेरी नगरपालिका इन्चार्ज बिरमल भण्डारी प्रदेश कमिटी सदस्य तथा जिल्ला अष्पताल डोल्पाका अध्यक्ष कमल बहादुर शाही लगाएत पुर्ब अध्यक्ष मानव रोकाया पुर्ब डोल्पा काठमाडौ सम्पर्क कमिटी अध्यक्ष उमेश रोकायाको आतिथ्यमा जिल्लाका बिध्यार्थी नेता कार्यकताहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।
नब निर्चाचित अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी डोल्पाका अध्यक्ष दन्त बहादुर बुढा लगाएतको कमिटिले उपस्थित पार्टीका नेता कार्यकर्ताहरुलाई सबैलाई सम्मान पत्र हस्तान्तरण गरिएको सम्मन गरिएको छ ।