कान्जिरोवापोष्ट
सरोज थापा असार २७ डोल्पा ।
कृषि बिकास कार्यलय डोल्पा र पशु अष्पताल तथा पशु सेवा कार्यलय डोल्पाले उत्कृष्ट कृषक र पसुपालक ब्यबसायिलाई पुरस्कृत गरेको छ । डोल्पाको दुनैमा कार्यक्रम गरि जिल्लाभर बाट कृषकहरु मध्य बाट उत्कृष्ट कृषक र पसुपालक व्यावसायिक छनौट गरि ६ जनालाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेमा बाख्रा पालन तर्फ काईके गाउपालिका ३ का अगम बहादुर ठकुल्लाले प्रमाणपत्र सहित ४० हजार नगद सहित प्रथम स्थान मुड्केचुला गाउपालिका ७ का भेडाबाख्रा ब्यबशायमा धन बहादुर बुढा प्रमाणपत्र ३० हजार नगद सहित दोस्रो स्थान ,गाईपालनमा जगदुल्ला १ का हेम बहादुर महाताराले प्रमाणपत्र २० हजार नगद सहित तेस्रो स्थानको पुरस्कार प्रदान गरिएको पसु अष्पताल तथा पशुसेवा कार्यलया डोल्पाका प्रमुख जर बहादुर भक्रीले बताउनु भयो ।
त्येसतै स्याउ खेती तर्फ ठुलिभेरी १ का जुद्द बहादुर रोकायालाई ४० हजार नगद सहित प्रथम स्थान ठुलिभेरी नगरपालिका १० कि मौरी पालक भानुमती कार्की ३० हजार नगद प्रमाणपत्र सहित दोर्सो स्थान र स्याउ खेती तर्फकै त्रिपुरासुन्दरी ४ का श्रीकर्ण बोहरा २० हजार नगत प्रमाणपत्र सहित तेस्रो स्थान भएकाहरुलाई उत्कृष्ट कृषक तथा व्यावसायिक भएको ले जिल्ला भर बाट उस्कृष्ट छनौट गरि पुरस्कार प्रदान गरिएको कृषि बिकास कार्यलय डोल्पाका प्रमुख गणेश अधिकारीले बताउनु भयो ।
कार्यक्रम मा कृषि बिकास कार्यलय र पशु अष्पताल तथा पशु सेवा कार्यलयले तत्काल तिप्ला खोलामा बाडी आएर बङ्गुर बगाएकी सिमा रोकाया लाई नगद ५ हजार प्रदान गरिएको छ । रोकायालाई राहात तथा प्रोत्साहन सोरुप प्रदान गरिएको पसु चिकित्सक जर बहादुर भक्रीले बताए । जिल्ला कृषि बिकास कार्यलयमा भएको कार्यक्रम मा जिल्ला समन्वय प्रमुख श्याम रोकायाले कृषकहरुले व्यावसायिक रुपमा आगाडी बड्नुपर्ने बताए । भने उत्कृष्ट पुरस्कृत कृषकहरु पनि आफ्नो ठाउमा उदाहरणको रुपमा हुनु पर्ने भएको कृषि अधिकृत तिल बहादुर रानाले बताए ।




