कान्जिरोवापोष्ट
सरोज थापा असार २६ डोल्पा ।
डोल्पाको दुनैमा ४६ जना बिध्यार्थिहरुले तीन महिने कम्प्युटर बेसिक कोर्स पूरा गरेका छ्न । एक औपचारिक कार्यक्रम गरि ठुलिभेरी नगरपालिका डोल्पाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुबर्ण कुमार बुढाले बिध्यार्थिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन । जिल्ला समन्वय समिती दुनैको हलमा भएको कार्यक्रम भने जि के कम्प्युटर ईन्स्टिच्युटको आयोजनामा सम्पन्न भएको छ ।
डोल्पाको सदरमुकाम दुनैमा रहेको जि. के र त्रिपुरासुन्दरि नगरपालिकामा रहेको हिम्सेल्फ कम्प्युटर एजुकेसन ईन्स्टिच्युटमा कम्प्युटर कक्षा संचालन हुँदै आएको छ ।। यो एक बर्ष आगाडी देखि दुर्गममा रहेका स्थानिय मानिसहरू र इच्छुक जो कोहिलाई सस्तो सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको ईन्स्टिच्युटका प्रोपाईटर गोकर्ण बुढाथोकिले बताएका छन ।
दुनैमा रहेको जि.के कम्प्युटर ईन्स्टिच्युटम हाल सम्म ६० जना भन्दा बडिले कम्पुटर शिक्षा सिक्दै आईरहेका छन । भने त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटमा रहेको हिम सेल्फ कम्प्युटर ईन्स्टिच्युटमा हाल ५० भन्दा बढिले कम्पुटर शिक्षा लिदै आईरहेको प्रोपाईटर बुढाथोकीले जानकारी गरेका छ्न । प्रोपाईटर बुढाथोकीका अनुसार नया भर्ना सुरु भएको पनि जानकारी दिएका छन ।
पछिल्लो समयमा कम्प्युटर शिक्षा अनिवार्य आबश्यक्ता भएकोले जो कोहीले सिक्नै पर्ने आधुनिक युगको आबश्यक्ता भएको देखिन्छ ।




