सरोज थापा Saturday, 6 July 2024

माथिल्लो डोल्पाको फोतगाउमा हिउँ चितुवा द्वारा १५ च्याङ्ग्रा मारिय

कान्जिरोवापोष्ट २२ असार दुनै ।

सरोज थापा डोल्पा ।

शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र हिउँ चितुवाले च्याङ्ग्रा मारेको छ ।  शे- फोक्सुण्डो गाऊँपालीका वडा नम्बर ६ का स्थानिय लोटेई गुरुङको फोत गाऊँमा यहि १६ गते राती हिऊँ चितुवाले एक्कासी च्याङ्ग्राको बासस्थान, गोठमा पसेर आक्रमण गरि च्याङ्रा मारेको शे फोक्सुन्डो गाउपालिका डोल्पाका उपाध्यक्ष पेमा वाङ्ग्छेन गुरुङले जानकारी दिए । उपाध्यक्ष गुरुङ्ग्का अनुसार चितुवाको आक्रमण बाट १५ वटा च्याङ्ग्रा मरेको बताए ।

शे फोक्सुन्डो गाउपालिका ६ फोत गाउका लोटेई गुरुङ्गका हिउँ चितुवा बाट मारिएका १५ ओटा बाख्राको सरदर मूल्य  ४ लाख  बराबरको क्षेति भएको उपाध्यक्ष गुरुङ्गको भनाई छ । केही महिना अगाडि मात्र सोही गाउपालिका वडा नम्बर १ सुङ्ग्ज्योरमा एक बालिकालाई चितुवाले आक्रमण समेत गरेको थियो ।

एक बर्ष आगाडी मात्र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पा र wwf Nepal ले हिउँ चितुवाको  सर्बेक्षण सम्पन्न गरेको हो । क्यामेरा ट्यापिङ्ग गरि राष्ट्रिय निकुञ्ज भित्र ९० ओटा र सामुदायिक बनमा २० वटा गरि जम्मा  सम्पन्न  १२० वटा हिउँ चितुवाको तथ्यांक सार्वजनिक गरेको थियो । जो नेपालमा सबै भन्दा धेरै घनत्वो रहेको डोल्पा हो । पछिल्लो समयमा बन्यजन्तु ,मान्छे र घरपालुवा पसुबस्तुको द्वन्द्व न्यूनीकरणका लागि सरोकारवाला निकायाले ध्यान दिन आबश्यक छ । 

Related News