सरोज थापा Thursday, 4 July 2024

डाेल्पाको त्रिपुराकोट बगरमा जिप दुर्घटना चार जना घाईते

कान्जिरोवापोष्ट 

सरोज थापा असार २० डोल्पा । 

त्रिपुराकोट :  त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ मा जिप दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । बुधबार दिउँसो करिब ३ बजे त्रिपुराकाेट बगर देखि साेही नगरपालिका ४ रंग गाउँ  तर्फ जादै गरेकाे भे १ च २६५५ नम्बरको जिप त्रिपुराकाेट  बसपार्क नजिकै सडक बाट करिब ३५ मिटर तल खसेकाे हाे । 

उक्त जिप दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ६६ का सर्वाेजित बुढा, बर्ष ५० का कर्णलाल बुढा, बर्ष ४५ का नव बाेहाेरा र जिप चालक बर्ष २२ का राम बहादुर चलाउने घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयाे ।

 प्रहरीका अनुसार घाईतेहरुको अबस्था चिन्ताजनक रहेको र उपचारको लागि जिल्ला अस्पताल दुनैमा ल्याउदै गरिएको छ। दुर्घटना बारे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
Related News