कान्जिरोवापोष्ट
जलेर मृत्यु भएका बालकहरुका परिवारलाई १५/१५ हजार राहात
सरोज थापा असार १६ डोल्पा ।
दुनै :
२०८० साल चैत्र महिनाको २५ गतेका दिन डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका-४, तिब्ला स्थित मष्टा भवानी सामुदायिक वनम लागेको आगोलागी/वन डढेलो नियन्त्रण गर्ने सिलसिलामा नेपाली सेना देवीदत्त गणका जमदार श्री केशव जर्गामगर, सिपाही हेमन्त रावत र सिपाही आशिक बुढा गम्भिर घाइते भई उपचारको क्रममा मृत्यु भएको साथै प्युठ विजय कोईराला हालसम्म पनि किर्तिपुर अस्पतालमा उपचाररत रहेको साथै मिति
२०८०।१२।२९ गतेका दिन त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्ग गाऊँ स्थित हूँ सामुदायिक वनमा लागेको आगोलागी/वन डढेलोबाट उक्त वनमा च्याउ सङ्कलन गर्न गएका सोही गाऊँका नावालकहरु सिद्धान्त बुढा, समन्त बुढा र विवश बुढाको दुखद निधन भएकोले ति व्यक्तिहरुको घरपरिवारहरुलाई सहयोगी मनकारी भएका संस्थाका पदाधिकारी तथा सदस्यहरुबाट प्रदान गरिएको रकम सङ्कलन गरी पिडित परिवारहरुलाई सहयोग रकम उपलब्ध गराईएको जिल्ला बन अधिकृत मुनबहादुर रावतले जानकारी दिनु भयो ।
सोही कार्यक्रममा डोल्पा जिल्लाका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहहरुको तर्फबाट सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ डोल्पाद्वारा नेपाल वन प्राविधिक संघ, फरेष्ट टेक्निसियन्स अफ नेपाल, जुनियर वन प्राविधिक संघ र डोल्पा डिभिजन वन कार्यालय परिवार, वन प्राविधिक साकोस, ववरमहल, काठमाण्डौंलाई कृतज्ञता पत्रहरु प्रदान गरिएको थियो ।
सङ्कलित रकमबाट मृतक नेपाली सेनाका परिवारहरुलाई रु ५०/५० हजार र उपचारत घाइते सेनालाई रु २० हजार एवं मृतक वालकहरुका घरपरिवारलाई १५/१५ हजार रुपैंया उपलब्ध गराइएको थियो जिल्ला बन अधिकृत रावतले बताउनु भयो ।