सरोज थापा Sunday, 30 June 2024

डोल्पामा रुख रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाईयो ।

कान्जिरोवापोष्ट 

सरोज थापा असार १६ गते ।


दुनै : भावी सन्तती र समृद्धिको लागि वृक्षारोपण गरौं भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय डोल्पाको आयोजनामा डोल्पाको दुनै बजारमा राष्ट्रिय वृक्षारोपण दिवस, २०८१ मनाइएको छ ।  देवीदत्त गुल्म, दुनैको परिसर आसपासमा रहेको मष्टा भवानी सामुदायिक वनक्षेत्रमा सल्ला, देवदार र बकाइनो प्रजातिका १५६ विरुवाहरु रोपिएक छन् । गुल्मबाटै वृक्षारोपणको गोडमेल, मलजल तथा संरक्षण रेखदेख हुने गरी यो वृक्षारोपण कार्यक्रम सञ्चालन गरिइएको छ ।

डोल्पा जिल्लामा तत्काल ९ वटा स्थानहरुका जम्मा ६६ हेक्टर वनक्षेत्रमा तत्काल वृक्षारोपण गरिनु पर्ने आवश्यकता रहेको कुरा डिभिजन वन कार्यालयको पञ्चवर्षीय वृक्षारोपण कार्ययोजना (२०७९०८०-२०८३।०८४) ले औल्याएको छ । डोल्पा जिल्लाका अधिकांश डाँडाकाँडा तथा पाखापखेराहरु नाँगा भएका र उक्त क्षेत्र दाँते ओखरको लागि उपयुक्त भएको, स्थानीय समुदायको चाहाना रहेको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दाँते ओखरको सुपरजोन (Super Zone) विकास गर्ने लक्ष्य राखेको सन्दर्भमा सामुदायिक र कबुलियती वन व्यवस्थापनको माध्यमद्वारा वन कार्यालय, कृषि परियोजना, सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूह, स्थानीय तह लगायतको साझेदारी तथा सहकार्यमा हरियाली प्रवर्द्धन तथा आयआर्जन वृद्धि गर्ने कार्य एकैसाथ हुने प्रचुर सम्भावना रहेको डिबिजन बन कार्यलय डोल्पाका प्रमुख मुन बहादुर रावतले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रम डिभिजन वन कार्यालयका वरीष्ठ डिभिजनल वन अधिकृत मुनवहादुर रावतको अध्यक्षतामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्री तेजेन्द्रवहादुर बुढा, ठूलीभेरी नगरपालिकाका नगरप्रमुख श्री श्वबर्ण कुमार बुढा, प्रमुख जिल्ला अधिकारी श्री तुलसी प्रसाद दाहाल, जिल्लास्थित सबै सुरक्षा निकाय तथा सरकारी कार्यालय, राजनैतिक दल, उद्योग वाणिज्य संघ, सामुदायिक वन उपभोक्ता डोल्पा जिल्ला महासंघ, सामुदायिक वन उपभोक्ता समूहहरुका प्रमुख तथा प्रतिनिधिको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको डिबिजन बन कार्यलय डोल्पाले जनाएको छ ।

Related News