कान्जिरोवापोष्ट शुक्रबार :
सरोज थापा असार १४ डोल्पा ।
उक्त कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नगर उपप्रमुख, नि.प्रमुख प्रशासकिय अधिकृत, सबै बडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायत त्रिपुरा मा.वि.का प्रधानाध्यापकज्यू र विद्यार्थीहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा माननीय जिल्ला न्यायाधिश श्री भोलानाथ ढकालज्यूले सहभागिहरुको प्रश्नहरुको जवाफ दिदै अदालतबाट प्रवाह हुने सेवा सुविधा प्राप्त गर्दा अपनाउनुपर्ने कार्यविधि प्रष्ट पार्न र न्यायमा समुदायको पहुँच पुऱ्याउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो। निष्पक्ष न्याय सम्पादनमा समाजको पनि ठूलो र अहम् भूमिका हुने कुरा व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष माननीय जिल्ला न्यायाधिश ढकालले समाजमा जनचेतना अभिवृद्धि गर्ने कार्यले आपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सघाउ पुग्नुको साथै दोषिलाई सजाय दिलाई न्यायको उद्देश्य परिपूर्ति हुन मद्दत पुग्ने बताउनुभयो। न्यायपालिकाको शक्ति भनेकै जनताको यस प्रतिको आस्था हो र काम कारवाहि प्रति जनताको गुनासो सुन्न यो कार्यक्रमले मदत मिलेको वताउनु भयो।
कार्यक्रममा अपराध अनुसन्धानका सम्बन्धमा प्रष्ट पार्दै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक श्री हरिकृष्ण के.सि.ले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न कटिवद्ध भएको र आपराधिक क्रियाकलाप भएको वा हुन लागेको थाहा पाउने व्यक्तिले पैसा नलाग्ने टेलिफोन नं. 100 मा फोन गरी अपराध बारे बताउन अनुरोध गर्दै जानकारी गराईएको थियो ।
त्यस्तै, अपराध अभियोजनबारे बताउदै जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री गोविन्द बहादुर शाहीले अपराधको जानकारी प्रहरीलाई गराई निःशुल्क सेवा लिन सकिने कुरा प्रष्ट पारिएको थियो । विशेषतः सरकारवादी फौजदारी मुद्दामा पीडितको तर्फबाट सरकारी वकिल कार्यालयबाट निःशुल्क अभियोजन हुने बताउदै शाहीले आपराधिक क्रियाकलाप गाउँ समाजमै लुकाई छिपाई गर्न पाप हो भन्ने कुरा समेत उल्लेख गरि जानकारी गरेका थिए ।




