११ दिन पछि जिल्ला अष्पताल डोल्पामा उपचार हुँदै ।
कान्जिरोवापोष्ट जेठ २३ डोल्पा ।
सरोज थापा दुनै ।शे फोक्सुण्डो राष्ट्रीय निकुञ्ज आन्तरगत शे फोक्सुण्डो गाउँपालि वडा नं १ सुङजेर गाउँको शेरपा दोर्चे लामाको छोरि नाम्खङ साङमो लामालाई यहि जेठ १० गते बिहान ०४:२५ मा बेर्चिक गोठमा हिउँ चितुवाले बालिकालाई आक्रमण गरेको थियो । भौगोलिक कठिनाई र उपचारका लागि आबश्यक ठाउँ नहुदा ४/५ दिन पछि मात्र पैदल हिनेर जिल्ला आस्पातालमा दुनैमा उपचारको लागि पुर्याएको घाइते बाकिका को बुवा शेरपा दोर्चे लामाले बताए ।
अहिले जिल्ला अष्पताल पुर्याए पछि थप भैरहेको जिल्ला अषपताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए । उनका अनुसार घाईते बालिका नाम्खङ साङमो लामालाई अनुहार,गाला र टाउकोमा गरि ३ भागमा हिउँ चितुवाले कोतारेको डाक्टर उपाध्यायले जनाए । उनले थप्दै भने गाईते बाकिकाको घाउ लामो समय सम्म उपचार नहुदा इन्फेक्सन भएकोले उपचारमा सुधार आउन अझै हप्ता दिन लाग्ने देखिएको र अझै थप उपचारका लागि सुबिधा सम्पन्न ठाउमा जानुपर्ने हुन सक्ने रहेको बताए ।
शे फोक्सुण्डो राष्ट्रीय निकुञ्ज भित्र अबस्थित शे फिक्सुन्डो गाउपालिका भित्र धेरै बस्तिहरु रहेका छन भने हाल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र ४ वटा स्थानिय तह रहेका छन जस्मा शे फोक्सुन्डो गाउपालिका , त्रिपुरासुन्दरी नगरपालिका , ठुली भेरी नगरपालिका ,डोल्पो बुद्ध गाउपालिका र मुगु जिल्लाको कार्मारोङ्ग गाउपालिका गरि ५ वटा स्थानिय तहको क्षेत्र रहेको छ ।
शे फोक्सुण्डो राष्ट्रीय निकुञ्ज नेपालको सबै भन्दा ठूलो र नेपालमा सबै भन्दा धेरै हिउँ चितुवाको घनत्वो रहेको छ राष्ट्रिय निकुञ्ज रहेको wwf nepal ले तथ्यांक सार्वजनिक गरेको छ । यस्को आहारा र सुरक्षाको ब्यबस्थापन गर्न र यस्ता खालका घटनाहरु न्यूनीकरण गर्बको लागि सम्बन्धित जिम्मेवार निकायले ध्यान दिन आबश्यक छ ।