सरोज थापा Thursday, 23 May 2024

डोल्पामा दलित संघर्ष समिती द्वारा नारा जुलुस सहित जिल्ला प्रशासन ज्ञापान पत्र बुझाए ।

कान्जिरोवापोष्ट जेष्ठ १० डोल्पा । 

सरोज थापा : रुकुम पश्चिममा अन्तर जातिय बिबाह गर्न खोज्दा नबराज बिक लगाएत ६ जना युवाहरुको जात ब्यबस्थाकै कारण निर्मम पुर्बक हत्या गरिएको दिन जेठ १० गते ४ बर्ष बितेको भन्दै सम्पुर्ण दलित समुदायहरुको लागि कालो दिनको रुपमा रहेकोले यस्लाई स्मरण गर्दै फेरि पनि जातकै कारण यस्ता गटनाहरु नघटुन भन्दै डोल्पामा नारा जुलुस गर्दै कार्यक्रम गरिएको छ । 

कार्यक्रम दुनै बजारमा परिक्रमा गरि नारा जुलुस गरि जिल्ला प्रशासन कार्यलयमा पुगेर ज्ञापान पत्र साहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको छ ।  ज्ञापान पत्र बुझे पछि जातकै कारण हुने विभिन्न खालका गतिविधि रोकथामका लागि जिल्ला प्रशासन कार्यलय डोल्पाले भरपुर सहयोग गर्ने सायक प्रजिअ दामोदर ज्ञावलीले बताए ।

बिज्ञप्तिमा बुदा गत रुपमा मागहारु राखिएको छ ।

१, जिल्ला प्रशासन कार्यलय बाट सबै माताहातका कार्यलयहरुलाई जातिए भेदभाव एब छुवाछुत अन्त्य गर्नका लागि सहजीकरण र निर्देशन दिईयोस , २, धार्मिक क्षेत्रमा गरिने जातिय भेदभाब तथा छुवाछूत अन्त्यका लागि डोल्पाका छल मष्ठा र गल्ली मष्ठा थानहरुका धामी डाकर र अन्य कार्यकर्ताहरुलाई छुवाछूत र भेदभाव अन्त्यका लागि पहल चालियोस । ३, बिधालयहरुमा रहेका जातीय भेदभाव एब छुवाछूत व्यबहार लाई तत्काल अन्त्य गर्न पहल गरियोस । लगाएत विभिन्न मागहरु राखी डोल्पाको जिल्ला प्रशासन कार्यलय डोल्पाका साहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञाबलीलाई दलित मानव अधिकार रक्षक ठेकिलाल कुलाल लगाएत २०/२५ जनाहरुको संयुक्त टोलिले ज्ञापान पत्र हस्तान्तरण गरेका छन । 

सो कार्यक्रममा बाताबरणिय कृषि तथा बिकास केन्द्र ( केड ) कर्णाली जनजिबिका सक्तिकरण कार्यक्रम (क्लेप ) का संयोजक उमाकान्त भुसाल ,लिला बहादुर टमट्टा ,उर्बशिला बोहोरा ,   लगाएत डोल्पा जिल्लाका दलित अगुवाहरुको सकृय सहभागितामा दुनै बजारमा  खुलेर बोलौ जातिय बिभेदलाई रोकौ , दलित समुदायको मानव अधिकार हामी सबैको सरोकार भन्ने मुल नाराका साथ जुलुस र र्‍याली गरि  कार्यक्रम गरिएको छ । 

# बिज्ञपतिमा उल्लेख गरिएको डोल्पा जिल्लामा जातीय भेदभाव एब छुवाछुतको अवस्था ।

विभिन्न मठमन्दिर थानहरुमा जातिय भेदभाव एब छुवाछूत प्रथा कायमै रहेको छ । डोल्पा जिल्लाको प्रख्यात त्रीपुरासुन्दरी मन्दिरमा २०७४ साल चैत्र ९ गतेका दिन देखि दलित समुदायले प्रबेश र दर्शन सुरु गरिएता पनि सर्बसाधरण दलित समुदायहरु निर्भएका साथ प्रबेश र दर्शन गर्न अझै पाएका छैनन । 

त्रिपूरा सुन्दरि नगरपालिका अन्तरगत रहेका पबित्र धार्मिक स्थलहरु गल्ली देवताको मष्ठ थान र छल मष्ठाको थानमा दलितहरु दर्शन गर्न जादा पहिला जात सोदिन्छ र सोही अनुसारको छुवाछुत ब्याबहार गरिन्छ । यस्ता ब्याबहार प्राय सबै मठमन्दिर थानहरुमा कायम रहेको छ । जनप्रतिनिधिहरुले नै जातीय भेदभाव एब छुवाछूत हरिएको अबस्था उल्लेख गरिएको छ । सार्बजनिक पद धारण  गरेका छुवाछुत भेदभाव गरिरहदा यस्को अन्त्य कसरी गर्नेमा चिन्तीत रहेको पनि बताईएको छ । भने यस्ता खालका विभेदहरु अन्त्य गफ्न र समाज रुपान्तरण गर्नु पर्नेमा राजनैतिक दल , नागरिक समाज ,लगाए सरोकारवालाहरु सबैले अहम भुमिका खेल्नु पर्ने भनिएको छ । 

Related News