कान्जिरोवापोष्ट
मंगला बुढा जेष्ठ १ मुड्केचुला डोल्पा ।
मुड्केचुला गाउपालिकामा नमुना बिध्यालयको भवनको शिलान्यास गरिएको छ । मुड्केचुला गाउपालिका वडा नं ७ सर्मीको अन्नपुर्ण माध्यामिक बिध्यालयमा थप नमुना भवन निर्माणका लागि शिलन्यास गरियकाे हो ।
नमुना बिद्यालय भवन निर्माणको जिम्मा पाएको हिउचुली तथा उपेन्द्र निर्माण सेवाले इबिट प्रक्रिया बाट ठेक्काको जिम्मा पाएको हिमचुली निर्माण सेवाका प्राेपराइटर रामचन्द्र बुढाले सिलन्यास गरेको जानकारी दिए । उनका अनुसार भवन निर्माणको कुल रकम ३६ लाख ८५ हजारमा ठेक्का सम्जौता गरि काम अगाडि बढाएको बताए ।
कामको जिम्मा पाएको निर्माण कम्पनिका अनुसार नमुना भवनकाे निर्माण कार्य असाढ १५ गते भित्रमा निर्मान कार्य समन्न गर्ने जानकारी दिए । जेठ १ गते सिलन्यास गरिएको नमुना भवनकाे काम तिब्र गतिमा गर्ने निर्माण कम्प्पनिले जनाएको छ ।बउक्त भवनकाे सिलन्यासमा अन्नपुर्ण माध्यामिक बिध्यालयका बिध्यालय ब्यबस्थापक अध्यक्ष जनक बुढा, बिध्यालयका प्रधानाध्यापक नरदेब राेकाया र निर्माण कम्पनिको सकृयतामा काम सुरु गरिएको छ ।