कान्जिरोवापोष्ट
सरोज थापा बैशाख ६ डोल्पा
डोल्पामा नयाँ बर्षको सुरुवात सङ्गै जिल्ला स्तरिय महिला भलिबल खेलको उद्घाटन गरिएको छ । जिल्ला खेलकुद बिकास समिती डोल्पाको आयोजनामा प्रथम महिला यार्चाकपको आयोजना गरिएको छ । जिल्लामा भएका महिला खेलाडिहरुको क्षमता अभिबृद्दी तथा पहिचानको लागि मात्र नभएर आगामी आउने माथिल्लो तहको खेलको लागि छनौट प्रक्रिया पनि यसै यार्चा कपबाट गरिने भएकोले यो आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिती अध्यक्ष धुर्ब चलाउनेले बताए । जिल्ला स्तरिय खेलकुद आयोजनामा मुड्केचुला , जगदुल्ला गाउपालिका ठुलिभेरी नगरपालिका भित्र बाट माझफाल , र दुनैको महिला भलिबल टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पहिलो पटक भएको यार्चा कप महिला भलिबलको पुरस्कार राशी भने प्रथम , २५ हजार ,दोस्रो २० हजार र तेस्रो हुनेलाई १५ हजार सिल मेडल र प्रमाणपत्र रहेको खेलकुद बिकास समितिले जनाएको छ । जिल्ला खेलकुद बिकास समिती अध्यक्ष धुर्ब चालाउनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख श्याम रोकाया र सम्बन्धि सबै कार्यलय र सुरक्षा प्रमुख , खेलाडिहरु र दर्शकहरुको सहभागिता रहेको थियो । प्रथम यार्चा कपको सबै खेलहरु लिक चरण बट खेलाईने भएको मुख्य रेफ्री गोर्ख बहादुर बुढाले खेलको टाईसिट सार्बजनिक गरेका छ्न । भने कार्यक्रम दुनैमा रहेको खेलकुद ग्राउनमा बुधबार देखि सुरु भएको छ ।