डिविजन बन कार्यालय, डोल्पाको जनहितमा जारी सन्देश
>डिभिजन वन कार्यालयको ईजाजत विना पावर मेसिन को प्रयोग गरी कुनै पनि वन पैदावार संकलन गर्ने, कटान गर्ने, ओसार पसार गर्ने, व्यापारीक प्रयोजनको लागी बेचबिखन गर्ने कार्य कानुन विपरीत भएकोले सो कार्य नगर्न नगराउन हुन सबैमा अनुरोध छ ।
>आगलागीको समय सूरु भएको हुँदा वन क्षेत्रमा आगलागी हुने कार्य नगर्न हुन, आगलागी हुने चिज बस्तुहरु बोकी वन क्षेत्रमा नहिड्न हुन तथा आगलागि भए गरेको थाहा पाएमा यथासक्दो चाँडो जिल्ला प्रशासन कार्यालय डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय तथा स्थानिय जन समुदायलाई खबर गरौँ ।
> वन्य जन्तु हरु मार्ने, लखेट्ने, घाईते बनाउने तथा अनेक प्रकारले दुख दिने कार्य नियम बिपरित भएकोले त्यस्ता कार्यहरु नगर्न र नगराउन हुन सबैमा अपिल गरीन्छ ।
>वन नियमावलि २०७९ अनुसार पावर सःचेन मेसिन आरा डिभिजन वन कार्यालयमा सूचिकृत गर्नुपर्ने प्रावधान रहेको हुँदा उक्त मेसिन भएका काष्ठ उद्दोग व्याक्ति समुह आदिले डिभिजन वन कार्यालयमा अनिवार्य रुपमा दर्ता गराई प्रमाणपत्र लिन हुन अनुरोध गरिन्छ अन्यथा दर्ता नभएका उक्तमेसिनहरु भेटियमा जफत भई कानुन अनुसार कार्वाहि समेत हुने जानकारी गराईन्छ ।
>वन फाँड्ने वन क्षेत्रको जग्गा जोत्ने आवाद गर्ने वन क्षेत्रि भित्र सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने घर छाप्रो बनाउने लगायतका वन क्षेत्र अतिक्रमण गर्ने कान कानुन विपरित भएकोले तेस्ता कार्य नगर्न नगराउन हुन अनुरोध छ अन्यथा भएगरेको पाईएमा कानुन अनुसार कार्वाहि हुने छ ।
>डिभिजन वन कार्यालयबाट अनुमति लियर मात्र काठ दाउरा कटान तथा जडिबुटी संकलन तथा ओसारपसार गर्नु हुन सबैलाई यसै सूचना मार्फत अनुरोध गरीन्छ अन्यथा भए गरेको पाईएमा वन ऐन २०७६ तथा नियमावलि २०७९ बमोजिम हदै सम्मको कार्वाहि गरिने छ ।
>हरीयो वन नेपालको धन भन्ने भनाई लाई अत्मासात गरी प्रकृति संरक्षणमा सबै मिलि हातेमालो गरौँ ।
जानकारीको लागि डिभिजन वन कार्यालय डोल्पाको फोन नं ०८७ ५५००५३ अथवा ९८५८३९१०५३ मा सम्पर्क गर्नुहोला





